Sajhamanch Archive

करेन्ट लागेर महिला र युवकको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । करेन्ट लागेर देशका फरक फरक ठाउँमा दुई जनाको ज्यान गएको छ ।

बाटो बनाउने क्रममा करेन्ट लागेर गोरखामा एक युवकको ज्यान गएको छ । गोरखा नगरपालिकामा रहेको नेपाल टेलिकमको कार्यालय नजिकै बाटो बनाउने क्रममा पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का ३२ वर्षीय थलबहादुर विकको ज्यान गएको हो । उनलाई शुक्रबार बिहान ६ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो ढलानका लागि फलामको रड सिधा पार्ने क्रममा रडले विद्युत पोलको तारमा छुँदा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका विकको एपोलो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

यस्तै बझाङमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर १ सडिलकी ४३ वर्षीया उजलीदेवी बोहराको घर नजिकैको बिजुलीको पोलमा प्रवाह भएको करेन्ट लागेर ज्यान गएको हो ।

शुक्रबार बिहान खेतमा गहुँ काट्न जाने क्रममा पोलमा हात लाग्दा करेन्ट लागेर ज्यान गएको उनका आफन्तले बताएका छन् । बिहीबार राति परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर करेन्ट पोलमा प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङका कार्यालय प्रमुख हरेन्द्र यादवले बताए । यो घटना भवितव्य भएका कारण मृतकका परिवारले ५ लाख रुपैयाँ राहत पाउने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *