Sajhamanch Archive

दोस्रो टी-ट्वान्टी क्रिकेटमा जिम्बावेसँग पाकिस्तान १९ रनले पराजित

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । दोस्रो टी – ट्वान्टी क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई १९ रनले हराएको छ ।

हरारेमा जिम्बावेले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ५ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ४१ रन बनाए । जिम्बावेका लुक जुङ्वेले ४ विकेट लिए । यसअघि जिम्बावेले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जितसँगै तीन खेलको श्रृङ्खलामा १र१ को बराबरी भएको छ ।

पहिलो खेलमा पाकिस्तान ११ रनले विजयी भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *