Sajhamanch Archive

आईपीएल : राजस्थानले कोलकातालाई ६ विकेटले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८।५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो ।

राजस्थानका कप्तान सन्जु साम्सन ४२ रनमा नटआउट रहे ।

जारी सिजनमा राजस्थानको पाँच म्याचमा यो दोस्रो जित हो । यस्तै पाँच खेलमा कोलकाताको यो लगातार चौथो हार हो । यो हारसँगै कोलकाता अंकतालिकाको आठौं स्थानमा खस्किएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *