Sajhamanch Archive

काठमाडौंका सीडीओ भन्छन्– लकडाउन गर्ने कि निषेधाज्ञा भन्नेबारे छलफलमै छौं

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन अथवा निषेधाज्ञा के गर्ने भन्नेबारे छलफल जारी छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठकमा दुई मोडालीटीबारे छलफल भइरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दुई मोडेलमा छलफल जारी रहेको बताए । उनले भने,“लकडाउन गर्ने कि निषेधाज्ञा भन्नेबारे छलफल जारी छ । दुई मोडालीटीको ड्राफ्ट तयार भएको छ । तर, के गर्ने भन्नेबारे निर्णयमा पुगिएको छैन् ।”

प्रजिअ पराजुलीले लकडाउन वा निषेधाज्ञा जे भए पनि अत्यावश्यक सेवा नरोकिने तर बैंकिङ क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्नेबारे पनि आफूहरु केन्द्रित रहेको बताए । यातायात र व्यावसाय पनि छलफलको एजेण्डा बनेका छन् । पराजुलीका अनुसार अझै निस्कर्षमा पुग्न केही समय लाग्नेछ ।
कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *