Sajhamanch Archive

वैशाख १६ देखि २२ सम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले १६ गते बिहान ६ बजेबाट एकसाता ‘निषेधाज्ञा’को आदेश जारी गरेको छ । सोमबार साँझ जारी गरिएको आदेशअनुसार वैशाख १६ गतेदेखि २२ गतेसम्म काठमाडौँ जिल्लाभर सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै, अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधनबाहेक अन्य सवारी साधनलाई काठमाडौँ प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवा दिने कार्यालयका सवारी साधन भने विषय खुलाएर चल्न पाउने जिल्ला प्रशासन काठमाडौँले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *