Sajhamanch Archive

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by .

बैशाख १४, काठमाडौं । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र मृत्यु दर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको तथ्यांक छ ।

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

खुला सीमाका कारण त्यसको असर नेपालमा पनि परेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेपछि नेपालमा पनि कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको छ । सीमावर्ती सहरमा कोरोना संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि नेपालमा पनि संक्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ । अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटरको अभाव देखिन सुरु भइसकेको छ । सरकारले अक्सिजन प्रयोग हुने उद्योगहरु अर्को सूचना नआउँदासम्मका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।

५०० धन्दा धेरै संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लगाउने तयारी अधिकांश जिल्लाले गरिरहेका छन् । केही जिल्लामा लकडाउन सुरु भइसकेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ छ । कोरोनाका कारण तीन हजार १७६ संक्रमितको मृत्यु भइसकेको छ ।

नेपालमा हालसम्म तीन लाख तीन हजार ५६१ जनामा कोरोना संक्रमण भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *