Sajhamanch Archive

जसपाका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरु छलफलमा बसेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा विहान शीर्ष नेताहरुबीच छलफल भएको हो ।

‘त्यस्तो औपचारिक बैठक होइन । शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भएको हो’, जसपाका एक नेताले भने । छलफल अनौपचारिक भएकाले कुनै निर्णय नभएको पनि ती नेताले बताए ।

उनका अनुसार, छलफलमा शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रष्ट निर्णय गर्न सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि जसपाको निर्णय कुरेर बसेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *