Sajhamanch Archive

स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नवलपरासीमा खनाल–नेपाल समूहको भेला

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नेकपा एमालेको खनाल–नेपाल समूहले आज नवलपरासीमा जिल्ला भेला गरेको छ ।

समानान्तर कमिटी गठन गर्न आयोजित भेलामा ठूलो संख्यामा नेता–कार्यकर्ताहरु सहभागी छन् । कोभिड–१९ को दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरिसकेको छ ।

सरकारले ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न पनि डीसीएमसीलाई अख्तियारी दिइसकेको छ । यस्तो अवस्थामा सरकारको निर्णयको अवज्ञा गर्दै नवलपरासीमा भेला गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *