Sajhamanch Archive

निषेधाज्ञाको निर्णयपछि ५० हजारले काठमाडौं छाडे

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । निषेधाज्ञाको निर्णयसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ । वैशाख १६ गतेदेखि एक साता लामो निषेधाज्ञा गर्ने निर्णयसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार सोमबार (हिजो) एकैदिनमा विभिन्न नाकाबाट ५० हजार ४५६ यात्रु उपत्यकाबाट बाहिरिए । सोही अवधिमा ४१ हजार ४२० जना उपत्यका भित्रिएका थिए ।

सो क्रममा सात हजार ९०० साना–ठूला सवारी बाहिरिएका छन् भने सात हजार ६३७ सवारी उपत्यका भित्रिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *