Sajhamanch Archive

संखुवासभा र सप्तरीमा दुईजना मृत फेला

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । संखुवासभा र सप्तरीमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको पाचखपन नगरपालिका–९, लसुने बस्ने ६० वर्षीया लिमवुटी शेर्पा आफ्नै घरनजिक बारीमा मृत अवस्थामा फेला परेकी छन् । यही वैशाख ७ गतेदेखि घरबाट हराएकोले खोजी गर्नेक्रममा उक्त बारीमा उनको शव फेला परेको हो ।

सप्तरीको कंकालिनी नगरपालिका–१, कोसी ब्यारेजस्थित दाहसंकार गर्ने ठाउँनजिकै नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *