Sajhamanch Archive

९ महिनामा ३ अर्ब बढीको चिया निर्यात

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब बढीको चिया निर्यात भएको छ । कोरोना महामारीको बेलामा पनि ९ अर्ब बढीको चियाँ निर्यात हुनु महत्वपूर्ण भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारेको तर अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु नपरेको कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जनाएका छन् ।

लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरी बोर्डको अग्रसरतामा चियाबगान र उद्योगहरू सञ्चालनमा रहेको बोर्डले जनाएको छ । जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको उसको भनाइ छ ।

गत आर्थिक वर्ष २०७६र७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११ हजार मेट्रिक टन चिया निर्यात भएको थियो । चालु आ।व।को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैयाँ बराबरको ९ हजार बढी मेट्रिक टन चिया निर्यात भएको तथ्यांक भन्सार विभागको रहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकानुसार आ.व.२०७५/७६ मा २५ हजार मेट्रिक टन चिया उत्पादन हुँदा आ.व २०७६/७७ मा २४ मेट्रिक टन चिया उत्पादन भएको थियो । उत्पादनमा केही गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि हुनु उपलब्धिको रूपमा लिन सकिने भट्टराईले बताए ।

यसैबीच, बोर्डले आगामी दिनमा चियाको आन्तरिक बजार प्रवर्द्धनमा रणनीतिक रूपमा अघि बढ्ने जनाएको छ । बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको नारा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ तय गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *