Sajhamanch Archive

निषेधाज्ञामा पनि आन्तरिक उडान बन्द नहुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । निषेधाज्ञाको बेलामा पनि आन्तरिक उडान हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारले आन्तरिक उडान बन्द गर्ने नभनेकाले सञ्चालन हुने बताए । “निषेधाज्ञा भएता पनि आन्तरिक उडान बन्द गर्ने भन्ने कुरा छैन, उडान हुन्छ,” उनले भने ।

उनले उडानको संख्या पनि आवश्यकताअनुसार हुने बताए । “अत्यावश्यक कामबाहेक हिँड्न हुँदैन भन्ने हो । सोहीअनुसार यात्रुहरु पनि सुरक्षित तरिकाले हिँड्नुपर्छ,” उनले भने । उनले अहिले नै उडान संख्या घटाउने भन्ने नभएको पनि बताए ।

प्राधिकरणले वायुसेवा सञ्चालकहरुसँग पनि छलफल गरेको थियो । उक्त छलफलमा ‘बुकिङ नै कम छ’ भन्ने रिपोर्ट प्राधिकरणलाई दिएका थिए । सोहीअनुसार उडान संख्या कम हुने उनले बताए ।

सार्वजनिक यातायात सञ्चालन नहुने भएकाले यात्रुहरु एयरपोर्ट जानरआउन समस्या हुने भएकाले कम संख्यामा उडान हुने आंकलन प्राधिकरणको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पनि हवाई उडान नरोक्ने निर्णय गरेको थियो । सोहीअनुसार मंगलबार प्राधिकरणले वायुसेवा सञ्चालकहरुसँग पनि छलफल गरेको हो । छलफलले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *