Sajhamanch Archive

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आयोगले माग्यो एक करोड ६१ लाख

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि एक करोड ६१ लाख ३० हजार माग गरेको छ।

अ‍ायोगले निर्वाचनका लागि अनुमानित उक्त रकमका लागि अर्थमन्त्रालमा पत्राचार गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्याग गरेपछि रिक्त स्थानमा जेठ ६ गते निर्वाचन हुन लागेको हो ।

अ‍ाजै आयोगले वाग्मती प्रदेशमा हुने निर्वाचनका लागि मकवानपुरका जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *