Sajhamanch Archive

भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by .

 काठमाडौं । भारतको उत्तर पूर्वी राज्य असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असामको ठूलो सहर गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उत्तरी बंगाल र नेपालको पूर्वी क्षेत्रमा पनि पनि महसुस गरिएको छ । भूकम्पमा परि मानिसको ज्यान गएको खबर नआए पनि घरहरुमा चिरा परेको, घरका सिसा फुटेको स्थानीय पत्रिकाले जनाएका छन् ।
भूकम्प गएपछि निरन्तर रुपमा परकम्प पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *