Sajhamanch Archive

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौँ । बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्दैछ । २०७७ साल पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि खाली रहेको मन्त्रालयमा जिम्मेवारीसहित मन्त्रीपरिषद बिस्तारको तयारी गरिएको हो ।

बागमती प्रदेशका मुख्‍यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डलमा तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेका छन् ।
मन्त्री हुनेमा जुनेली श्रेष्ठ, चन्द्र लामा, केशब पाण्डे र डा। राकुमार अधिकारीको नाम रहेको र उनीहरुको आजै दिउँसो ४ बजे सपथ ग्रहणको तयारी गरिएको एमाले सांसद दिपक निरौलाले जानकारी दिए ।

यसअघि आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *