Sajhamanch Archive

ललितपुरसँग खेल्दै धनगढी

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलअन्तर्गत आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो खेल साँझ ५ः३० मा सुरु हुनेछ ।

धनगढी दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा विराटनगर सिटीसँग पराजित भएको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३–० ले पराजित गरेको थियो । धनगढी किरण चेम्जोङको कप्तानीमा छ । धनगढी दुई खेलबाट ३ अंक जोडेर लिग तालिकामा तेस्रो स्थानमा छ ।

ललितपुर भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । ललितपुरले दुई खेलबाट १ अंक जोडेको छ । ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो । ललितपुरले दोस्रो खेलमा चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो ।

एनएसएलको पहिलो संस्करणमा सात फ्रेन्चाइजी टोलीको सहभागिता रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *