Sajhamanch Archive

स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गतेका लागि तय भएको राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका अनुरुप नै तयारी भइरहेको जनाएको छ ।

उपनिर्वाचनका लागि आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन, २१ गते नै दावी विरोधका लागि उजुरी दिने,२४ गते उम्मेदवारी मनोनयन गर्ने लगायतका कार्यक्रम छन् ।

तर, काठमाडौं उपत्यकामा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि २२ गतेसम्म जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले १५ दिनसम्म निषेधाज्ञा लगाउन पाउने अख्तियारी जिल्ला प्रशासनलाई दिएको छ ।

तथापी, राष्ट्रिय सभामा रिक्त पदको उपनिर्वाचन ३५ दिनभित्र गर्नुपर्ने व्यवस्थाका कारण तोकिएकै मितिमा निर्वाचन गर्ने तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्नैपर्ने ऐनको व्यवस्था छ । सोही अनुसार मिति तोक्नका निम्ति सरकारलाई आयोगले परामर्श दिएको र मिति तोकिएका हुनाले कानुनी रुपमा निर्वाचन सार्न सक्ने अवस्था छैन,ू बाह्रखरीसँग थपलिया भन्छन्, पूर्ण सतर्कताका साथ स्वास्थ्य मापदण्डको पालना गर्दै निर्वाचन सोही मितिमा सम्पन्न गर्नेगरी आयोगले आवश्यक तयारी गरिरहेको छ । त्यही कुरा सबैलाई अनुरोध पनि गरिएको छ ।

आयोगले हाल निर्वाचनको आचारसंहिता तयार गरिरेहेको उनले बताए ।

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा राष्ट्रिय सभा सांसद पद रिक्त भएको थियो । बादल वैशाख ५ गते सांसदबाट पदमुक्त भएका थिए ।

वाग्मती प्रदेशमा हुने उक्त निर्वाचनका लागि प्रदेशका ११० र स्थानीय तहका प्रमुख(उपप्रमुख गरी २३८ गरी कूल ३४८ मतदाता छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *