Sajhamanch Archive

कञ्चनपुरमा कोरोना संक्रमितको  थप तीनजना मृत्यु

Published: in मिडियाबाट साभार, स्थानीय तह, स्वास्थ्य, by .

धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

यस्तै एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *