Sajhamanch Archive

संयुक्त राष्ट्रसङ्घले भारतलाई कोरोनाविरुद्ध लड्न सघाउने

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by .

काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घले कोभिड १९ विरुद्ध लड्न भारतलाई सघाउने सङ्घ प्रवक्ताले बुधवार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड १९ को सङ्क्रमणका कारण अहिले भारतको अवस्था निकै जटिल भएकाले संयुक्त राष्ट्रसङ्घले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो ।

संयुक्त राष्ट्रसङ्घका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह अहिले भारत पुगेका छन् । साथै संयुक्त राष्ट्रसङ्घले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसङ्घीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।

त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले भारतलाई पीपीई, पीसीआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् ।

भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ती अस्पतालहरु राखिएका छन् ।

ती अस्पतालहरुमा पीसीआर परीक्षणका साथै आवश्यक स्वास्थय उपचार पनि उपलब्ध गराइएको बताइएको छ । भारतमा अहिले कोभिडको अवस्था निकै तीव्र गतिमा वृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट सङ्क्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही सङ्क्रमणबाट नै मृत्यु हुने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *