Sajhamanch Archive

नागरिकका गुनासा सुन्न सीसीएमसीले बनायो संयन्त्र

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नागरिकका गुनासो सम्बोधन गर्न संयन्त्र निर्माण गरेको छ । केन्द्रका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनानुसार सीसीएमसीले संयन्त्र निर्माण गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

टोल फ्रि नम्बर ११४० मा फोन गरेर गुनासो टिपाउन सकिने सीसीएमसीले जनाएको छ । टोल फ्रि नम्बरमा २४ घण्टा रेस्पोन्स हुने बताइएको छ ।

शव व्यवस्थापनका लागि १०५ मा फोन गर्न र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

विदेश जाने र विदेशबाट आउने नागरिकले सीसीएमसीको वेभसाइट मा रहेको फारम भर्न पनि सीसीएमसीले बताएको छ । समस्या समाधान हुने उसको भनाइ छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *