Sajhamanch Archive

दोस्रो जितको खोजिमा काठमाडौं

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आज शुक्रबार काठमाडौं रेजर्सले पोखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने काठमाडौं र पोखराबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजिमा मैदान उत्रने छ ।

काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ । काठमाडौं लिगको पाँचौ स्थानमा छ । पहिलो खेलमा ललितपुर सिटी एफसीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा काठमाडौं धनगढी एफसीसँग ३–० ले पराजित भयो । नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रने पोखरा पनि दोस्रो जितको खोजीमा हुनेछ ।

पोखरा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २–० ले पराजित भएको पोखराले दोस्रो खेलमा विराटनगरलाई १–० ले हराएको थियो ।

पोखरा पनि लिगको उपाधि दावेदार टोली हो । पोखरा पहिलो खेलमा कमजोर भए पनि दोस्रो खेलमा भने बलियो देखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *