खानेपानीमन्त्री मणि थापा कोरोना संक्रमित
Published:
by .काठमाडौं । संघीय सरकारका खानेपानीमन्त्री मणि थापामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सरकारी निवासमै होमआइसोलेसमा छन् ।
मन्त्री थापाले भने, “कडा लक्षण छैन । सामान्य शरीर दुख्ने, थकान महसुस हुने भइराखेको छ । चिकित्सकको निगरानीमा छु ।”
यसअघि, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीमा कोरोना देखिएको थियो ।
Comments