Sajhamanch Archive

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा सपना मात्रै होइन : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आाकांक्षा सपना मात्रै नभएको बताए । शुक्रबार प्राविधिक प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले सो आकांक्षा छिट्टै पूरा गर्नुपर्ने  बताएका छन् ।

“हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने राष्ट्रिय संकल्प लिएर अघि बढिरहेका छौँ । यो संकल्प सपना मात्रै होइन, यो संकल्प सकेसम्म छिटो पूरा गर्नुपर्ने हाम्रो निष्कर्ष हो,” उनले भने ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न विभिन्न क्षेत्रबाट काम अघि बढाइरहेको जिकिर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *