Sajhamanch Archive

बागमती प्रदेशमा हुने उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम ३ बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको जानकारी दिएका हुन् ।

उक्त मतदान स्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र क र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र ख गरी छुटुृाछुटृै मतदानकेन्द्र तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रले रामबहादुर थापा बादल आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि उनको पद रिक्त भएको थियो।

यसैगरी आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *