Sajhamanch Archive

नेपालमा २१ देखि ३० वर्षका व्यक्तिमा यूके भेरियन्टको संक्रमण बढ्दो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं । नेपालमा पछिल्लो समय २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा यूके भेरियनटको संक्रमण बढ्दै गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार पछिल्लो साता यूके भेरियन्टबाट संक्रमित भएकामध्ये २५ प्रतिशत यो उमेर समूहका व्यक्ति छन् । त्यस्तै, १ देखि १० वर्षका ७ प्रतिशत बालबालिकामा यो संक्रमण देखिएको छ ।

महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार अहिले यूके भेरियन्ट संक्रमितमध्ये १० वर्षमुनिका बालबालिका चारजना ११ देखि १९ वर्षका २२ जना, २१ देखि ३० वर्षका १६० जना रहेका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर रिपोर्टमा एस जिन नेगेटिभ देखिएकालाई यूके भेरियन्ट संक्रमितको रुपमा पहिचान गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *