रोटरी क्लबद्वारा मनमोहनलाई डाईलासिस मेसिन सहितका स्वास्थ्य उपकरण प्रदान
Published: (Updated: )
by .बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले मनमोहन अस्पताललाई डाईलासिस मेसिन सहितका स्वास्थ्य उपकरण प्रदान गरेको छ । रोटरी इन्टरनेशनलको सहयोग तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लव गाजियावाद भारतको सहकार्यमा सो उपकरण हस्तान्तरण गरिएको हो ।
अस्पताललाई ७ थान डायलासिस मेशिन, डायलाइजर रि–प्रोसेसिङ मेसिन एउटा, वाटर प्युरिफायर सिस्टटम र इलेक्ट्रिक वेड ७ थान बिर्तामोडको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रिय सामुदायिक अस्पताललाई प्रदान गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष भेषराज भण्डारी प्रशान्त ले बताए ।
एक करोड २० लाख मूल्य वरावरको उक्त उपकारण प्रदान गरेको शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
अस्पतालले आवश्यक संरचना तथा व्यवस्थापन गरी सञ्चालन गर्ने गरी उपकरण दिइएको हो । डाइलोसिस गर्नबाट बञ्चित भएकाका लागि हाल नेपाल सरकारबाट तोकिएको २ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराउने अस्पतालका अध्यक्ष नरेश खरेलले बताए ।
Comments