Sajhamanch Archive

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनलाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो । तर अहिले नर्भिक अस्पतालमा ल्याइएको छ ।

त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई मनमोहन अस्पतालमा राखिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *