Sajhamanch Archive

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छ ।

आज लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदैछ । त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ ।

संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *