Sajhamanch Archive

कोभिड–१९ नियन्त्रणका लागि थप प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले कोभिड–१९ नियन्त्रणका लागि थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकले सिंगो पार्टी कमिटीलाई कोभिड–१९ नियन्त्रणमा परिचालित हुन आह्वान पनि गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

“आजको बैठक कोभिडका विषयमा केन्द्रित थियो । पूर्वाधार, शैय्या, खोप, अक्सिजनलगायत आवश्यक वस्तु तत्काल थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । र, सिंगो पार्टीपंक्तिलाई पनि आ–आफ्नो ठाउँबाट परिचित हुन आह्वान गरेको छ,” उनले भने ।

त्यस्तै, बैठकमा लुम्बिनी प्रदेशका विषयमा सामान्य छलफल भएको उनले बताए । लुम्बिनीमा एकल बहुमतको सरकार बनाउन मुख्यमन्त्री शंकर पोखरेलले पदबाट आइतबार बिहान राजीनामा दिएका थिए । तर, नेकपाबाट निर्वाचित सांसद विमला खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेपछि एमालेको बहुमत गुमेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *