Sajhamanch Archive

सांसद राजेन्द्र लिङ्देन तनावमा पर्नुको कारण यस्तो पो !

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सांसद राजेन्द्र लिङ्देन तनावमा पर्नुको कारण यस्तो पो !.

काठमाडौं । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन केही दिनदेखि तनावमा थिए । करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वमान लगाए । तर, धेरै गम्भीर रुपमा लिएनन् किनभने उनले कतै उजुरबाजुर गरेका थिएनन् । मंगलबार अनलाइनखबर कुरा गर्दै उनले खुलाए, […]

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी दुर्घटनामा ३ जनाको मृत्यु.

जनकपुरधाम । सिरहा भएको सवारी दुर्घटनामा परी ३ जनाको घटना स्थलमै मृत्यु भएको छ। सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चोकनजिक पूर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वबाट पश्चिामतर्फ जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आइरहेको स ९ प ७३७८ नम्बरको १२५ सीसीको बजाज डिस्कोभर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनै जनाको घटना स्थलमै […]

पूर्वप्रधानमन्त्री नेपाल आज अस्पतालबाट डिस्चार्ज हुने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पूर्वप्रधानमन्त्री नेपाल आज अस्पतालबाट डिस्चार्ज हुने.

काठमाडौं । ज्वरो र छातीको इन्फेक्सन भएर शनिबारयता त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार डिस्चार्ज हुने भएका छन। बारा र पर्साको हुरी प्रभावित क्षेत्रमा गएका बेला स्वास्थ्यमा समस्या आएपछि राजधानी आउनासाथ नेपाललाई अस्पताल भर्ना गरिएको थियो। नेपालको नीजि सचिवालय स्रोतका अनुसार स्वास्थ्य सामान्य बन्दै गएकोले घरमै […]

प्रदेश १ पनि प्रहरी ऐन बनाउँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ पनि प्रहरी ऐन बनाउँदै.

विराटनगर । प्रदेश नं १ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी संगठन बनाउन कानून निर्माणको तायरी गरेको छ । संघीय सरकारले प्रहरीसम्बन्धी कानून निर्माणमा ढिलाइ गरिरहेको बेला प्रदेश सरकारले प्रहरी गठन, सेवा, शर्त र सञ्चालनसम्बन्धी कानून निर्माणको गृहकार्य सुरु गरेको हो । गत हप्ता बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरी गठन, सेवा, शर्त र सञ्चालन सम्बन्धमा […]

प्रदेश १ पनि प्रहरी ऐन बनाउँदै

Published: in विविधा by . Leave a Comment on प्रदेश १ पनि प्रहरी ऐन बनाउँदै.

विराटनगर । प्रदेश नं १ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी संगठन बनाउन कानून निर्माणको तायरी गरेको छ । संघीय सरकारले प्रहरीसम्बन्धी कानून निर्माणमा ढिलाइ गरिरहेको बेला प्रदेश सरकारले प्रहरी गठन, सेवा, शर्त र सञ्चालनसम्बन्धी कानून निर्माणको गृहकार्य सुरु गरेको हो । गत हप्ता बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरी गठन, सेवा, शर्त र सञ्चालन सम्बन्धमा […]

कर्मचारी नहुँदा काम गर्न नसकेको गाउँपालिका अध्यक्षको गुनासो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कर्मचारी नहुँदा काम गर्न नसकेको गाउँपालिका अध्यक्षको गुनासो.

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले कर्मचारी नहुँदा कामै गर्न नसक्ने अवस्था आएको गुनासो गरेका छन् । गाउँपालिकामा नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाले आयोजना गरेको सुशासनका औजारहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवाले केन्द्र सरकारले गाउँपालिकामा कर्मचारीहरु नपठाइदिँदा कार्यसम्पादन प्रभावित भएको बताए । कर्मचारी नहुँदा नागरिकलाई प्रवाह गर्ने सेवामा समेत समस्या भएको उनले बताए […]

सुदूरपश्चिमको तीन जिल्लामा भूकम्पको धक्का

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुदूरपश्चिमको तीन जिल्लामा भूकम्पको धक्का.

बैतडी । सुदूरपश्चिम प्रदेशमा मंगलवार बिहान भूकम्पको धक्का सहसुुस गरिएको छ। बिहान ८ः३७ बजे बैतडी, दार्चुला र बझाङमा भूकम्पको महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलब ६ रिक्टर स्केलको पराकम्प गएको हो। यसअघि चैत ४ मा भारत र चीनको सीमा आसपास […]

भूकम्प गएको दिन बारपाकमा सार्वजनिक विदा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भूकम्प गएको दिन बारपाकमा सार्वजनिक विदा.

गोरखा । आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवंम् सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ । यही चैत २३ गते बसेको गाउँ […]

शीर्ष नेताबीच सहमति जुटाउने प्रयासमा सभापति देउवा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शीर्ष नेताबीच सहमति जुटाउने प्रयासमा सभापति देउवा.

काठमाडौं । केन्द्रीय विभाग गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूबीच सहमतिको प्रयास थालेका छन। पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन सोमबारदेखि प्रयास थालेका हुन। सभापति देउवाले बूढानीलकण्ठस्थित निवासमा बिहानैदेखि पदाधिकारी बैठक बोलाएर विभाग गठन सम्बन्धमा छलफल गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन। […]

४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजानमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मण्डललाई मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग्दै गर्दा पक्राउ […]