Sajhamanch Archive

Missing businessman is found dead

Published: in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Missing businessman is found dead.

DHANGADI:  A local businessman was found dead on Wednesday,  five days after he was reported missing,  a police official said. The deceased body of Shyam Bhatta, owner of Prabhat Photocopy Centre, in Mahendra Nagar was recovered from the banks of Mahakali River in Tanakpur India,  according to Kanchanpur Deputy Superintendent of Police Gyan Bahadur Bista. […]

प्रचण्ड भोलि स्वदेश फर्किने, सीताको स्वास्थ्यमा सुधार

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रचण्ड भोलि स्वदेश फर्किने, सीताको स्वास्थ्यमा सुधार.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’१० दिनको अमेरिकाको निजी भ्रमण सकेर विहीबार नेपाल आइपुग्ने भएका छन्। पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष दाहाल न्यूयोर्कको जोन अफ केनेडी विमानस्थलमार्फत नेपालका लागि प्रस्थान गरिसकेको बताइएको छ। अध्यक्ष दाहाललाई विदाई गर्न अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन […]

धरानको चारकोशे जंगलमा अर्धचेत अवस्थामा वृद्ध फेला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धरानको चारकोशे जंगलमा अर्धचेत अवस्थामा वृद्ध फेला.

सुनसरी । चारकोशे जंगलमा वेवारिस अवस्थामा एक वृद्ध फेला परेका छन् । धरान इटहरी सडक खण्ड अन्तरगत राजमार्गबाट झण्डै एक किलोमिटर पश्चिम तर्फ अर्धचेत अवस्थामा बुधबार विहान ती व्यक्तिको फेला परेका हुन् । तरहराबाट निगुरो खोज्न गोमा आले मगर दम्पतीले जंगलमा घोप्टो अवस्थामा मानिस देखे पछि उनी मृत मानिस भटेको भन्दै तरहरा प्रहरीलाई खवर गरेका […]

खैरो हेरोइनसहित बाँके कोहलपुरका दुई जनालाई पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खैरो हेरोइनसहित बाँके कोहलपुरका दुई जनालाई पक्राउ.

काठमाडौं । प्रहरीले बालाजु नयाँ बसपार्कबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकाया रहेका छन्। उनीहरूको साथबाट प्रहरी १६ ग्राम खैरो हेरोइन र जोख्ने तराजुसमेत बरामद गरको छ। विप्लव समूहको गतिविधिबारे अनुसन्धानमा खटिएको बालाजु प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होवीन्द्र बोगटीले बताए। […]

पर्सा जिल्ला इञ्चार्ज पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पर्सा जिल्ला इञ्चार्ज पक्राउ.

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका पर्सा जिल्ला इञ्चार्जलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरा प्रदेश प्रमुख भनिने पर्सा जिल्ला ईन्चार्ज विगा प्रसाद चौरासिया रहेका छन् । उनले विभिन्न संघसंस्थाहरु तथा सर्वसाधारणबाट चन्दा माग गर्दै डरत्रास देखाएको, सार्वजानिक शान्ति भंग गरेको प्रहरी दाबी छ । पछिल्लो सयम प्रहरी विप्लव समूहका नेता–कार्यकर्तालाई देख्नेवित्तिकै समात्न […]

विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान.

काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । मंगलबार दिउँसो गोली हानाहान भएको प्रहरीले जनाएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी त्यसतर्फ लागेको थियो । प्रहरीका अनुसार चन्दका कार्यकर्ताले प्रहरीलाई देख्नासाथ गोली हानेका थिए । गोली हानाहानपछि केही कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ […]

गाडीको ठक्करबाट अर्नाको मृत्यु, तीन यात्रु घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाडीको ठक्करबाट अर्नाको मृत्यु, तीन यात्रु घाइते.

उदयपुर । सुनसरीको कोशी गाउँपालिका(७ बुधबार बिहान पिकअप गाडीको ठक्करबाट जंगली अर्ना मरेको छ, भने पिकअपमा सवार ३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम लोकमार्गमा लु२च ५९५८ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिँदा अर्ना घटनास्थलमै मरेको हो साथै उक्त भ्यानमा सवार तीन जना घाइते भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले […]

कांग्रेस नेतृको आरोप ; निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाए…

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कांग्रेस नेतृको आरोप ; निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाए….

बुटवल । नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौलाले निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाएकी छन । बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको उनको दाबी छ । बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले सुरक्षा शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी गरिन् । […]

विद्यार्थीले कम ग्रेड ल्याए विषय शिक्षक बर्खास्त !

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थीले कम ग्रेड ल्याए विषय शिक्षक बर्खास्त !.

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई मा विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई सेवा मुक्त बनाउने प्रस्ताव तयार भएको छ । विद्यार्थीको कम ग्रेड आएमा प्रधानाध्यापकको ग्रेड रोक्का र विद्यालयको अनुदान कटौटी गर्न पनि प्रस्ताव गरिएको छ । गत मंसिर दुई गते शिक्षा समितिले सांसद उमेश श्रेष्ठको नेतृत्वमा शिक्षा नीतिमा समेट्नु पर्ने विषयका सम्बन्धमा सुझाव […]

पुनर्स्थापना केन्द्रको स्थापना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पुनर्स्थापना केन्द्रको स्थापना.

डोटी । डोटीको जोरायल गाउँपालिकामा अपांगता भएका व्यक्तिका लागि प्राथमिक पुनर्स्थापना कक्ष स्थापना गरिएको छ। अपांगता भएका व्यक्तिहरूका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक प्राथमिक पुनर्स्थापना कक्ष स्थापना गरिएको हो। रायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपांग सेवा संघ डोटीले पुनर्स्थापना कक्षको स्थापना गरेको हो। अपांग भएका व्यक्तिको पहिचान गरेर फिजियो थेरापी पद्धतिबाट उपचार […]