Sajhamanch Archive

भारतीय प्रधानमन्त्री मोदीले हाले भोट

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय प्रधानमन्त्री मोदीले हाले भोट.

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गरेका छन्। लोकसभा निर्वाचन अन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मतकेन्द्रबाट मतदान गरेका हुन्। मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका छन्। त्यसपछि उनी मतादान केन्द्रमा पुगेर मतदान गरे। आशिर्वाद लिन पुगेका मोदीलाई आमाले सगुनबापत मिठाई दिएकी थिइन्। उनलाई निधारमा टिकासमेत लगाइदिइन्।

काँधको हड्डी बाहिर निस्कियो तर, राजुले जितिरहे स्वर्ण

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काँधको हड्डी बाहिर निस्कियो तर, राजुले जितिरहे स्वर्ण.

नेपालगञ्ज । नेपालमा जिम्न्यास्टिक खेल खासै फष्टाएको छैन । नखेलिने भने होइन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने जिम्न्यास्टिक खेलाडी राजु राईले सबैलाई चकित पाएका छन् । एपीएफका उदीयमान खेलाडी राईले सात स्वर्ण र एक रजत पदक जित्दै सबैलाई चकित बनाएका हुन् । सोमबार सम्पन्न खेलमा राजुले पुरुषको एक स्पर्धाबाहेक सबैमा स्वर्ण पदक जिते । […]

उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी पुरस्कृत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी पुरस्कृत.

काठमाडौं । नेपाल प्रहरीले बेरुजु फर्स्योटमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ। सोमबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नौजना प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन्। पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव महानिरीक्षक कमलबहादुर जिटी,प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की, मदनकुमार थापा, प्रहरी […]

नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा जोडियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा जोडियो.

काठमाडौं । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाईट वान पृथ्वीको सतहबाट चार सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो कक्षमा […]

Tara Air plane overshoots Manthali runway; no casualty

Published: (Updated: ) in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Tara Air plane overshoots Manthali runway; no casualty.

Ramechhap : An aircraft belonging to Tara Airlines overshot the runway of Manthali Airport in Ramechhap district of central Nepal on Monday morning. The incident did not cause any significant loss, but the runway operation has been halted since then, according to officials. The aircraft, with 9MKK call sign, had arrived at the airport from […]

पत्रकारिता निष्पक्ष र अनुशासित हुनुपर्छ : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकारिता निष्पक्ष र अनुशासित हुनुपर्छ : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् । राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु जरुरी छ […]

मोटरसाइकल दुर्घटनामा , एकको मृत्यु, दुई घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा , एकको मृत्यु, दुई घाइते.

दाङ । दाङमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी लमही नगरपालिका ७ उचानिम्वु निवासी अन्दाजी २२ बर्षीय लालु चौधरीको मृत्यु भएको छ। आइतबार मध्यराततिर दुर्घटनामा परेका चौधरीको उपचारका क्रममा सोमबार बिहान सवा १ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक मोटरसाइकल चालक हुन् […]

श्रीलंकामा फेसबुक बन्द

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीलंकामा फेसबुक बन्द.

काठमाडौं । श्रीलंकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेको छ। आइतबार भएको बम विस्‍फोटमा परी दुई सय ७ जनाको मृत्यु भएको थियो। हिंसात्मक गतिविधि नहोस भनेर तत्कालको लागि सरकारले सामाजिक सञ्जाल बन्द गरेको श्रीलंका सरकारले घोषणा गरेको छ। राष्ट्रपतिको कार्यलयबाट उदय आर सेनेविरानेले भने,ुसरकारले अस्थायीरूपमा तत्कालको लागि सामाजिक सञ्जाल बन्द गर्ने कदम उठाएको छ। होटल र […]

७० औं स्थापना दिवस र पार्टी एकताको टुंगो लगाउन नेकपा नेता प्रज्ञा भवनमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ७० औं स्थापना दिवस र पार्टी एकताको टुंगो लगाउन नेकपा नेता प्रज्ञा भवनमा.

काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । ७० वर्षअघि अर्थात् सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। साही अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा कार्यक्रममको आयोजना गरिरहेको छ। दिवसलाई भब्य रुपमा मनाउन काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गरेको हो। यस्तै तत्कालीन नेकपा एमाले र […]

दुर्घटनामा महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुर्घटनामा महिलाको मृत्यु.

पोखरा । ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको […]