जनावरहरुलाई खाना खुवाउने कतिपय मानिसहरुको शौख नै हुन्छ । जनावर प्रेमीहरु असहाय तथा छाडा चौपायाहरुलाई खाना खुवाउने र स्याहार सुसार गरेर पुण्य कमाइने ठान्छन् । तर भुस्याहा कुकुरलाई खाना खुवाउँदा एकजना महिलालाई झण्डै पौने ६ लाख रुपैयाँ बराबरको जरिवाना भएको छ । यो घटना भारतको मुम्बइस्थित कान्दीवालीको हो । स्थानीय निसर्ग हेभेन सोसाइटी परिसरमा भुस्याहा […]
नेपालमा अण्डाको माग, खपत तथा मूल्य बढिरहेको छ । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँका मानिसहरु बर्सेनि करोडांैं अण्डा फोहोरमा फ्याँकेर नष्ट गर्दछन् । यसरी करोडौँ अण्डा नष्ट गर्ने कारण पनि अनौठो रहेको छ । एक अध्ययन अनुसार, बेलायतमा हरेक वर्ष करीब ७२ करोड गोटा अण्डा फोहोरमा फ्याँकेर नष्ट गरिन्छ । सन् २००८ […]
बलिउडका सुपरस्टार नायक सलमान खान नयाँ चलचित्र ‘भारत’को साथ इदमा दर्शकमाझ आउँदैछन् । यो चलचित्रमा सलमान खानको भूमिका के भन्ने बिषयमा लामो समयदेखि बहस पनि भैरहेको छ । तर, हालै मात्र सार्वजनिक भएको चलचित्रको फस्टलुक पश्चात फ्यानमा एक प्रकारको उत्साह र कौतुहलता पैदा भएको छ । सार्वजनिक फस्टलुकमा सलमान खान वृद्ध मानिसको भेषमा देखिएका छन् […]
झापा । ६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको कार्यालय झापाका प्रहरी नायब उपरीक्षक डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंगलबार दिउँसो घरबाट किराना पसल गएकी बालिकालाई तोलाङ्गीले फकाएर आफ्नो कोठामालगेका थिए। कोठा लगेर तोलाङ्गीले बालिकाको […]
बुटवल । सरकारका प्रवक्ता एवंम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले तथ्यमा आधारित भएर सरकारको आलोचना गर्न आग्रह गरेका छन् । उनले विष्णु पौडेललाई जसले ठग्यो उसैले क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले तथ्यविपरीत सरकारको आलोचना गरेको भन्दै आक्रोस पोखे । ‘सरकार तथ्यमा आधारित […]
पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा […]
उदयपुर । जिल्लाको उच्च पहाडी क्षेत्रमा पर्ने लिम्चुङबुङ गाउँपालिका ३ मा पर्ने दोवाटे डाँडामा पहिलोपटक महोत्सव आयोजना गरिएको छ। ‘पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन’ भन्ने नाराका साथ लिम्चुङबुङ गाउँपालिकाकामा सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव आइतवारदेखि सुरु भएको हो । नयाँ वर्षको अवसरसँगै पालिकाको वडा नं। ३ एभरेष्ट भ्युटप दोबाटेडाँडामा पाँचदिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय […]
बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेको मंगलप्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगितामा समूह ए बाट विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह वी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। सोमबार भएको खेलमा प्रदेश २ लाई ६–० गोलले पराजित गरेपछि पुलिस सेमिफाइनलमा प्रवेश गरेको […]
पोखरा । स्थानीय ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य अर्जुन गिरीलाई साइबर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार ताण्डव न्यूजमा प्रकाशित भएको थियो । सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत उजुरी दिएका थिए । समाचारमा बतासले […]
काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न नदिइने बताएकी छन्। सोमबार स्याङ्जाको चापाकोटमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आए पनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नदिने प्रतिक्रिया दिएकी हुन्। ुयदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छु, मन्त्री अर्यालले भनिन्। […]