Sajhamanch Archive

प्रधानमन्त्री निवाससामू नारा : बालुवाटार बेच्ने सिंहदरबार पनि बेच्लान्, होसियार !

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री निवाससामू नारा : बालुवाटार बेच्ने सिंहदरबार पनि बेच्लान्, होसियार !.

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटार अगाडि प्रर्दशन गरेको छ। प्रधानमन्त्री निवासको जग्गा व्यक्तिलाई बिक्री गरिएको विरोधमा विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो। रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान एक घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो। […]

इन्स्टाग्राममा प्रभासको रेकर्ड

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on इन्स्टाग्राममा प्रभासको रेकर्ड.

बाहुबली फेम एक्टर प्रभास बलिउडमा इन्ट्री गर्ने तयारीमा छन्। प्रभासका लागि सन् २०१८ अहम हुने छ। किनकि सन् २०१९ मा साहो फिल्मका माध्यमबाट बलिउडमा डेब्यु गर्दैछन्। देश विदेशमा प्रभासका फ्यान फलोइङ पनि धेरै छन्। यद्यपि उनी सामाजिक सञ्चालका प्लेटफममा भने त्यति सक्रिय छैनन्। तर अब प्रभासका फ्यानलाई खुसीको खबर छ। उनीले सामाजिक सञ्जाल इन्टाग्राममा एकाउन्ट […]

आगलागीबाट तीन चौपाय मरे

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगलागीबाट तीन चौपाय मरे.

रौतहट । जिल्लाको बौधीमाई नगरपालिकामा राति भएको आगलागीमा परेर गोरु र बाख्रा मरेका छन्। जिल्लाको बौद्धिमाई नगरपालिका(६ पिपरियाका गुलाबी राय यादवको गोठमा शुक्रबार राति आगलागी हुँदा १ गोरु र २ वटा बाख्रा गरी तीन चौपाय मरेको इलाका प्रहरी कार्यालय कोपुवाका प्रहरी नायब निरीक्षक लतिफ अंसारीले जानकारी दिए। बेलुका गोठमा लामखुट्टे भगाउन बालिएको धुपबाट सल्किएर आगलागी […]

विप्लव समूहका कृष्णपुर नगर सेक्रेटरी भट्ट पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूहका कृष्णपुर नगर सेक्रेटरी भट्ट पक्राउ.

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका नगर सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। ‘पक्राउ परेका भट्टको साथबाट पार्टी संगठनको योजना र संगठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्तका किताबसमेत बरामद […]

भोलिबाट बागमतीमा ठूलो डुंगा चल्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोलिबाट बागमतीमा ठूलो डुंगा चल्ने.

हेटौंडा । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्नेगरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट ठूलो डुङ्गा सञ्चालन हुने भएको छ। विसं ७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो। मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको र […]

१३१ वर्षीय रघु बहरखेरको निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १३१ वर्षीय रघु बहरखेरको निधन.

राजविराज । नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ। सप्तरीको तिरहुत गाउँपालिका–१, धनपुरीका रघु बहरखेरको आफ्नै निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए। उन नेपालमै करिब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहेको स्थानीयवासीको भनाइ छ। आफ्नो जीवनकालको अधिकांश समय उनले कोसी टप्पुको जङ्गलमै […]

Earthquake tremor felt in Kathmandu

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Earthquake tremor felt in Kathmandu.

KATHMANDU: An earthquake measuring 4.6 in the Richter scale struck 37 kilometres north of Kathmandu in Nuwakot, near the Rasuwa border, around 10:25 this morning. The tremor was felt in Kathmandu Valley and the adjoining districts. According to National Seismological Centre, Lainchaur, the co-ordinates of the epicentre are 28.03°N, 85.38°E. Earlier, on April 9, an aftershock […]

एसएसपी राईलाई दर्ज्यानी चिह्न

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एसएसपी राईलाई दर्ज्यानी चिह्न.

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका टेकप्रसाद राईलाई दज्र्यानी चिह्न प्रदान गरेको छन्। शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अब्बल कामका लागि संगठनले सदैब उचित मूल्याङ्कन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले एसएसपी राईलाई थपिएको जिम्मेवारी पूरा गर्न आगामी […]

चिनियाँ जहाज उडाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिनियाँ जहाज उडाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा.

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उडाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार निगमलाई २०७४ ७५ मा उक्त घाटा भएको छ । निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए ६० बाट ३१ करोड ६४ लाख […]

अध्यक्ष प्रचण्ड : नयाँ वर्ष समाजवादी क्रान्तिको आधार निर्माण गर्ने वर्षका रुपमा रहोस्

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अध्यक्ष प्रचण्ड : नयाँ वर्ष समाजवादी क्रान्तिको आधार निर्माण गर्ने वर्षका रुपमा रहोस्.

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०७६को उपलक्ष्यमा समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्दै नयाँ वर्ष समाजवादी क्रान्तिको आधार निर्माण गर्ने वर्षका रुपमा रहोस् भन्ने कामना गर्नु भएको छ। आज एक फेसबुक पोस्ट गर्दै उनले “नव वर्ष २०७६ सालको सुखद अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपालीको […]