Sajhamanch Archive

नवलपरासीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नवलपरासीमा सवारी दुर्घटना, १ जनाको मृत्यु.

नवलपरासी । पूर्वीनवलपरासीमा गएराति भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडौं हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी […]

विप्लवका मेची ब्युरो सदस्यसहित दुई कार्यकर्ता पक्राउ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवका मेची ब्युरो सदस्यसहित दुई कार्यकर्ता पक्राउ.

झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका मेची ब्युरो सदस्यसहित दुई कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नेकपा ब्युरो सदस्य इलाम नगरपालिका–११ का मेची जितमान राई ‘मौसम’ र इलामका जिल्ला सदस्य कुशल पन्धाक रहेका छन्। पक्राउ परेका दुवैलाई प्रहरी कार्यालय झापामा राखिएको छ। तर, जिल्ला […]

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु.

भापा । मेचीनगर नगरपालिका–१२ कालीझोडामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालीझोडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २८११ नम्बरको जिपले शुक्रबार राति पदैल यात्रीलाई ठक्कर दिएको थियो। पदैलयात्रीलाई ठक्कर दिएको जीप अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको मे १ ज […]

खुकुरी हानाहानमा दुई घाइते, दुई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खुकुरी हानाहानमा दुई घाइते, दुई पक्राउ.

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहामा सञ्चालन भइरहेको रामलीला हेर्न गएका दुई युवाको समूहबीच खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन। बिहीबार राति १० बजेको समयमा युवाको समूहबीच विवाद भइ खुकुरी हानाहान हुँदा २० वर्षीय सोनु राना र वर्षीय १९ को ओमी राना घाइते भएका हुन। घाइते दुवै जनाको झलारी स्थित निजी मेडिकलमा […]

डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह.

जनकपुरधाम । सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गरेका छन्। टेलिकमको एफटिटिएच ९फाइबर टु द होम० सेवाको शुक्रबार यहाँ शुभारम्भ गर्दै उनले चार हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद हो, अब यसलार्ई ग्राहकसेवी र जनसेवी बनाउनुपर्ने बताए। मन्त्री बाँस्कोटाले प्रदेश नं २ का प्रमुख […]

घोरल मारेको आरोपमा नौ जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घोरल मारेको आरोपमा नौ जना पक्राउ.

सल्यान । घोरल मारेको आरोपमा जिल्लाको शारदा नगरपालिका १४ ढाँरखानीका नौ जनालाई पक्राउ गरिएको छ। घोरल मारेर भागबन्डा गर्दै गरेको सूचनाको आधारमा प्रहरीको सहयोगमा डिभिजन वन कार्यालय सल्यानले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई प्रहरीको सुरक्षा सहित वन हिरासतमा राखिएको डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजन प्रमुख मेघनाथ काफ्ले बताए। घोरलको स्याम्पल विभागमा पठाइएको र […]

९० अर्बमा ५ खानेपानी आयोजना बन्दै, ६० लाख लाभान्वित हुने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ९० अर्बमा ५ खानेपानी आयोजना बन्दै, ६० लाख लाभान्वित हुने.

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानीका थप आयोजनाको कामलाई अघि बढाउन सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन् । मन्त्री मगरले नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको कामलाई अघि बढाउन सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी हुन् । मन्त्रालयले खानेपानीका यी […]

सिंगापुरलाई नेपालले २१७ रनले हरायो

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिंगापुरलाई नेपालले २१७ रनले हरायो.

काठमाडौं । कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी यू–१९ एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा सिगांपुरविरुद्ध २ सय १७ रनको जित निकालेको छ । २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा ६५ रनमा अलआउट भएपछि नेपालले २ सय १७ रनको सहज जित निकालेको हो । नेपालको जितमा कप्तान रोहित कुमार पोडेलले अर्धशतकीय […]

नयाँ वर्षमा एनटिसीको उपहार : दुई सय मिनेट फोनकल र दुई सय म्यासेज सित्तैमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नयाँ वर्षमा एनटिसीको उपहार : दुई सय मिनेट फोनकल र दुई सय म्यासेज सित्तैमा.

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले शुक्रबार विज्ञयप्ती जारी गर्दै चैत ३० गतेदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराउने जानकारी गराएको हो। दुई […]

विप्लव समूहका मकवानपुर इञ्चार्ज ‘ज्वाला’ पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूहका मकवानपुर इञ्चार्ज ‘ज्वाला’ पक्राउ.

हेटौंडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज वीरबहादुर घलान ज्वाला पक्राउ परेका छन्। मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले उनलाई बिहीबार राति पक्राउ गरेको पुष्टि गरेका छन्। ज्वालासँगै अर्का एकजना पनि पक्राउ गरेको सिंहले जानकारी दिए। ज्वालालाई हेटौंडा उपमहानगरपालिका(८ फायरलाइनबाट पक्राउ गरिएको हो। सवारीसाधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित वीरबहादुर मोक्तानलाई […]