Sajhamanch Archive

मेचीनगर गोल्डकपको तयारी तिब्र

Published: (Updated: ) in विविधा by . Leave a Comment on मेचीनगर गोल्डकपको तयारी तिब्र.

झापा । मेचीनगर ६ स्थित काँकरभिट्टा मावि खेलमैदानमा आयोजना हुन लागिरहेको चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपको मिति नजीकीए संगै तयारी तिब्र रुपमा भईरहेको छ । खेलकुदको उर्भरभुमीका रुपमा रहेको मेचीनगरको काँकरभिट्टामा यहि बैशाख १२ गते देखी २१ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । मोफसलमा हुने गोल्डकपहरु मध्ये सफल गोल्डकपको रुपमा आफ्नो पहिचान […]

स्ववियु निर्वाचन १० जेठभित्रै

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्ववियु निर्वाचन १० जेठभित्रै.

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ। बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाश्ति छ । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए। ‘हामीले छिटोभन्दा छिटो […]

बट्टारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बट्टारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

नुवाकोट । टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ। बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु […]

नाजुक बन्दै मानसिक अस्पताल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नाजुक बन्दै मानसिक अस्पताल.

ललितपुर । मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर्थापना सेवा, पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो। बहिरंग सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् तर यहाँ उपचार कक्षको […]

विद्युतीय बस कारखाना खोल्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्युतीय बस कारखाना खोल्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई विद्युतीय बस उत्पादन उद्योग खोल्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले विद्युतीय बस उत्पादन गर्न चाहनेलाई सरकारले सहयोग गर्ने बताएका छन् । करको विषयमा नमिलेका र अस्पष्ट रहेका केही विषय रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार त्यसलाई समाधान गर्न तत्पर रहेको पनि […]

गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो.

गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या तीन जना पुगेको छ। दुर्घटनामा गम्भीर घाइते मालिका गाउँपालिका–२ की ३६ वर्षीया कौशिला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। यसअघि धुर्कोट गाउँपालिका–५ का ७२ वर्षीय रुद्रमणि भण्डारी र मालिका गाउँपालिका–१ नेटाका ८ वर्षीय वस्कर बिकको मृत्यु भएको […]

चितवन सान्तोषा आइल्याण्ड जस्तै हुन्छ : प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चितवन सान्तोषा आइल्याण्ड जस्तै हुन्छ : प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई सिंगापुरको सान्तोषा बनाउन सकिने बताएका छन्। चितवनमा बिहीबार फन पार्कको उद्घाटन गर्दै प्रचण्डले भने, ‘चितवन र नेपालले धेरै रेकर्ड बनाउनेछ र आउने अवधिमा एउटा सभ्यता, संस्कृति र समृद्धिको नयाँ युग नेपाल बन्नेछ।’ चितवन देशकै केन्द्र भागमा रहेको हुनाले हरेक क्षेत्रमा पर्यटनको विकासमा महत्वपूर्ण […]

कम्पाउन्डबाटै स्कुटर चोरी, ५ जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कम्पाउन्डबाटै स्कुटर चोरी, ५ जना पक्राउ.

काठमाडौं । स्कुटर चोरी कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्नेहरु सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका ६ का सुरज थापा, रामेछाप थिरपानी गाँउपालिका १ का बिक्रम श्रेष्ठ, झापा भद्रपुर नगरपालिका ३ का विपिन गुरुङ, अर्घाखाँची सन्धिखर्क नगरपालिकाका विवेक खनाल र चितवन पुरानो पर्साका अभिषेक बराम रहेका छन् । […]

नेता नेपाल अस्पतालबाट डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेता नेपाल अस्पतालबाट डिस्चार्ज.

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्। ज्वरो तथा खोकीको कारण आइतबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेपाल स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका हुन्। चिकित्सकको सल्लाहअनुसार एक हप्ता आराम गर्नुपर्ने भएकोले भेटघाट बन्द गरिएको नेता नेपालको नीजि सचिवालयका मोहन गौतमले बताए। उनले उपचारमा संलग्न डा सन्तकुमार दास, डा […]

वीर अस्पतालका डाक्टरलाई काममा फर्किन कर्मचारी युनियनको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वीर अस्पतालका डाक्टरलाई काममा फर्किन कर्मचारी युनियनको आग्रह.

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालले आन्दोलरत सरकारी चिकित्सकलाई सेवामा फर्किन आग्रह गरेको छ । युनियनका सचिव दीपक मुडवरीले बुधबार विज्ञप्ति जारी गरि जायज मागलाई वार्ताकै माध्यमबाट समाधान खोज्दै विरामीको सेवामा फर्किन अपिल गरेका हुन् । सरकारी चिकित्सकको आन्दोलनले देशकै सबैभन्दा ठूलो वीर अस्पतालमा आउने हजारौ विरामी मर्कामा परेको भन्दै कर्मचारी […]