Sajhamanch Archive

महासंघको सदस्यता शुद्धिकरणः १५ बुँदाभन्दा बाहिर गएकोमा सुवेदीको आपत्ती

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on महासंघको सदस्यता शुद्धिकरणः १५ बुँदाभन्दा बाहिर गएकोमा सुवेदीको आपत्ती.

झापा । नेपाल पत्रकार महासंघ झापा कार्यसमितिका सदस्य अच्युतराज सुवेदीले सदस्यता शुद्धिकरणका नाममा कार्यदल पूर्वाग्रही बनेको पाइएको जनाउँदै शनिबारको बैठकले गरेको उक्त निर्णयमा असहमति प्रकट गरेको जनाएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शाखा कार्य समितिका सदस्य सुवेदीले महासंघको केन्द्रीय कार्यसमितिको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ लाई लत्याउँदै आफूखुसी नियम बनाएर झापा शाखाको कार्यदलले […]

झापामा राष्ट्रिय कराँते प्रतियोगिता, सभामुख देवराज घिमिरेले गरे उद्घाटन

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापामा राष्ट्रिय कराँते प्रतियोगिता, सभामुख देवराज घिमिरेले गरे उद्घाटन.

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चैका खेलहरू ओझेलमा परेको बताएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्‍याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताए। उनले भने, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर […]

अनेरास्ववियु झापाको २१औं अधिवेशन तयारी पूरा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, शिक्षा by . Leave a Comment on अनेरास्ववियु झापाको २१औं अधिवेशन तयारी पूरा.

झापा । नेकपा एमालेको जनसंगठन अनेरास्ववियु झापाको २१औं जिल्ला अधिवेशनको तयारी पूरा भएको संगठनले जनाएको छ । शनिबार अपरान्ह जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यही जेठ २९ गते बिर्तामोडमा हुने अनेरास्ववियूको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । बिर्तामोडको सिटी सेन्टरमा अधिवेशन स्थल निर्धारण गरिएको, प्रमुख अतिथिका रुपमा संगठनका केन्द्रीय अध्यक्ष […]

कर्णाली र हेटौडालाई यु २० रग्वी सेभेन्सको उपाधि

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कर्णाली र हेटौडालाई यु २० रग्वी सेभेन्सको उपाधि.

इलाम । यु -२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका -४ शुक्रबारे खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लब र महिलातर्फ हेटौडाले १४-५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो । विजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र […]

कविताः यो कसैप्रति लक्षित छैन

Published: (Updated: ) in लोकप्रिय, साहित्य, by . Leave a Comment on कविताः यो कसैप्रति लक्षित छैन.

के म घुँडा टेक्छु ? जस्तो लाग्छ !! मैले फिला टेके ? जस्तो लाग्छ !!, हो ! के म अपमानित भएँ, मैले भनेको छु ? म त त्यो शक्ति हूँ मैहूँ भन्ने बादसाहलाई पटकपटक सत्ताच्युत गराएको छु। मृत्युलाई हत्केलामा नचाएको छु। मसंग मृत्यु तर्केर हिंडेको मैले मेरै आँखाले देखेको छु। आज मेरै कल बल र […]

यु–२० रग्वीको फाइनल समिकरण पूरा

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on यु–२० रग्वीको फाइनल समिकरण पूरा.

इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेल मैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएका हुन् । प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् भने […]

कमलमा पतञ्जलि योग समितिको नयाँ नेतृत्व

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमलमा पतञ्जलि योग समितिको नयाँ नेतृत्व.

कमल । पतञ्जलि योग समिति कमलको अध्यक्षमा तिलोचन गौतम चयन भएका छन् । आज बिहानको भेलाले नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद विमली, महामन्त्री मोहनलाल खनाल, संगठन मन्त्री घनश्याम प्याकुरेल, कोषाध्यक्ष रविन्द्रप्रकाश चापागाई चयन भएका निर्वाचन समितिका सदस्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । समितिको सदस्यहरुमा मेदनीप्रसाद कोइराला, लैनबहादुर पौडेल, भिम नेपाल, उमेश […]

चन्द्रगढीमा साँगीतिक महोत्सव गरिँदै

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चन्द्रगढीमा साँगीतिक महोत्सव गरिँदै.

भद्रपुर । भद्रपुर ८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि चन्द्रगढी भेट्रान्स क्लबले मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्ने भएकोे छ । जिल्ला समन्वय समिति झापाको स्वामित्वमा रहेको मेची रङ्गशाला पश्चिमको चौरीमा क्लबले भाडा तिरेर जेठ २८ गतेबाट मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्न लागेको हो । महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबजी सम्बद्ध खेलदेखि राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा […]

बिर्तामोडमा कृषि सम्बन्धी तीन दिवसीय तालिम सम्पन्न

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा कृषि सम्बन्धी तीन दिवसीय तालिम सम्पन्न.

बिर्तामोड । पशुपालन व्यवसायमा आवद्व कृषकहरुको लागि बिर्तामोडमा आयोजित विभिन्न प्रकारका तालिमहरु सम्पन्न भएका छन् । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका तीनवटा तालिम शुक्रबार सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाईपालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको […]

कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी गाइघाटका चौधरीलाई

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी गाइघाटका चौधरीलाई.

बिर्तामोड । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार भएको प्रतिश्पर्धामा ओभरलमा ६५ किलो तौल समुहका चौधरीले उपाधि हात पारेका हुन् । उनले नगद ३ लाख ११ हजार १११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस […]