शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं ११ दूधेमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सहायक बाटो मैनाचरी मार्ग दशकौं पुरानो भए तापनि अझै कालोपत्रे गरिएको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको दूधे–झिलझिले खण्डको बीचमा उत्तरतर्फ रहेको सो बाटोलाई कालोपत्रे गर्ने स्थानीय बासिन्दाको अनेकल पहल अझै साकार नभएको हो । वि. सं. २०२४ सालबाट प्रयोगमा आएको मैनाचरी मार्गको लम्बाई […]
झापा । कर सहयोगी श्रमिक संगठन नेपाल झापा शाखाको अध्यक्षमा सोहनलाल राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । आज बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राजवंशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनका जिल्ला अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षता तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष तारानाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ […]
झापा । नेपाली कांग्रेस झापाले जिल्ला पदाधिकारी र सदस्य मनोनयन पश्चात विभागीय समिति गठनको पूर्वतयारी सुरु गरेको छ । जिल्ला सभापति देउकुमार थेवेको सभापतित्वमा आज शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सम्पन्न जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको विस्तारित बैठकले आगामी जेठ २५ गते भित्र विभागीय समितिमा मनोनयन गर्नुपर्ने नामहरु टुङ्गो लगाउने […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । लेलिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पदहरुको जाँच कार्यलाई निरन्तर अघि बढाइरहेको जनाइएको छ । सो रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल भइरहेको हो । बिर्तामोड वडा नं. १० मा १०१ जना शकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरपालिकाका सिनियर अहेव अधिकृत तथा […]
झापा । झापाको बितामोडबाट प्रसारण हुँदै आएको सूर्योदय टेलिभिजनको लोकप्रिय कार्यक्रम एनएमसी सूर्योदय क्विजको सातौं श्रृंखलाको उपाधि मेची बहुमुखी क्याम्पस भद्रपुरले जितेको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मेची बहुमुखी क्याम्पसका प्रतियोगी विद्यार्थीहरू उत्कृष्ट बनेका हुन् । प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पस मोरङ दोस्रो भएको छ । बिर्तामोडको इन्द्रचन्द्र क्याम्पस तेस्रो भएको छ भने सुनसरी […]
झापा । झापा र इलामका एक हजारभन्दा बढी श्रमिकले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी तालिम हासिल गरेका बिर्तामोडमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा जानकारी दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम प्रदान गरिएको हो । पछिल्लो करिब ८ महिनाको […]
झापा । लेखक तथा अग्रज सञ्चारकर्मी केदार शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताएका छन् । विकास पत्रकारिता गर्ने पत्रकारहरुले विषयवस्तुलाई केलाउँदै तथ्य जाँच्नु अत्यन्त जरुरी हुने उनको भनाई छ । नारी सञ्चार गृह झापाको आयोजनामा आज बिर्तामोडमा सम्पन्न कार्यशाला गोष्ठीमा उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक […]
भद्रपुर । कोशी प्रदेशमै पहिलोपटक भद्रपुरमा युवा सम्मेलन हुने भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने उद्देश्य बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन हुने भएको हो । भद्रपुर नगर युवा परिषदको आयोजनामा जेठ १८ र १९ गते भद्रपुर प्रथम नगर सम्मेलन हुन लागेको परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी […]
चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ । सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण […]