Sajhamanch Archive

आठराईमा गाउँपालिका स्तरीय साहित्य गोष्ठी सम्पन्न

Published: in शिक्षा, स्थानीय तह by . Leave a Comment on आठराईमा गाउँपालिका स्तरीय साहित्य गोष्ठी सम्पन्न.

आठराई । यहाँस्थित आठराई गाउँपालिका स्तरीय साहित्य गोष्ठी सम्पन्न भएको छ । आठराई क्षेत्रको साहित्य सुदृढीकरण गर्न आयोजित साहित्य गोष्ठीमा कविता, गजल तथा मुक्तक वाचन गरिएको हो । अग्रज साहित्यकार रविमान लम्जेलको अध्यक्षतामा सम्पन्न साहित्य गोष्ठीमा आठराई गाउँ पालिकाका अध्यक्ष मानबहादु लिम्बुको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा आफ्ना धारणा राख्दै गाउँ पालिकाका अध्यक्ष लिम्बूले […]

स्वर्गीय नेम्वाङको सम्मानमा पाँचथरमा सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on स्वर्गीय नेम्वाङको सम्मानमा पाँचथरमा सार्वजनिक बिदा.

फिदिम । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको माघ २६ गते भएको निधनमा शोक मनाउन आज यहाँका सबै स्थानीय तहमा सार्वजनिक बिदा भएको छ । सात गाउँपालिका र एक नगरपालिका रहेको पाँचथर जिल्लामा नेम्वाङको निधनले अपुरणीय क्षति पुगेका कारण सार्वजनिक बिदा दिएर उनको सम्मान गरिएको हो । गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा […]

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा.

काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को आज बुधबार काठमाडौंमा तामझामका साथ घोषणा गरिएको छ । हरेक नेपाली नागरिकलाई वर्षमा कम्तिमा १०० दिन रोजगारी दिने सरकारको प्रतिबद्धताका साथ सरकारले यो कार्यक्रम अघि सारेको हो । कडा प्रकृतिको मापदण्डका बीच सरकारले बेरोजगारलाई भत्ता प्रदान गर्ने पनि जनाएको छ । नेपालमा हाल बेरोजगारहरुको एकिन तथ्याङ्क नभएकाले शुरुमा बेरोजगारको कूल […]

ऊ पनि आफ्नो आदर्श लिलाम गर्न विवश भइरहेछ

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on ऊ पनि आफ्नो आदर्श लिलाम गर्न विवश भइरहेछ.

दृष्य १ : एउटा प्रतिभावान व्यक्ति दुःख गरेर पढ्छ । स्नातक वा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण हुन्छ । कामको खोजीमा ऊ लोकसेवा आयोगको परीक्षा दिन्छ । दुईवर्ष लगाएर पढेर परीक्षा पछि ऊ शाखा अधिकृत पास हुन्छ । सरकारी नोकरीको क्रममा मालपोत कार्यालयमा पदस्थापन हुन्छ । दृष्य २ : विद्यार्थी जीवनमा ऊ भ्रष्टाचारको तीब्र विरोध गर्दथ्यो । […]

जापान जान चाहाने विद्यार्थीलाई ग्लोबल पीसमा सेमिनार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on जापान जान चाहाने विद्यार्थीलाई ग्लोबल पीसमा सेमिनार.

झापा । अध्ययनका लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई भाषा तालिम एवम् भिजा सर्भिस प्रदान गर्दै आएको बिर्तामोडस्थित ग्लोबल पिस इन्टरनेशनल एजुकेशन एकाडेमीले मंगलबार एक दिने सेमिनार गरेको छ । करिब १०० जना विद्यार्थहरु सहभागी भएको सेमिनारमा झापासहित इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरीलगायत जिल्लाबाट इच्छुक विद्यार्थीहरु सहभागी भएको सञ्चालक दिपक गौतमले बताए । विशेषतः जापान […]

बिर्तामोडमा खोलिँदै चिकन स्टेसन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा खोलिँदै चिकन स्टेसन.

बिर्तामोड । कुखुराको मासुको परिकार मन पराउनेको लागि बिर्तामोडमा ‘चिकन स्टेसन’ खुल्ने भएको छ । नेपालमै प्रसिद्ध रहेको चिकन स्टेसन रेस्टुरेन्ट बर्गर र फ्राइड चिकनका लागि लोकप्रिय छ । बिर्तामोडका युवा व्यवसायी मदन राई, प्रकाश भारती, नगेन बुढाथोकी, नितेश मिश्र र विन्दु गुरुङको लगानीमा झापाको बिर्तामोडमा चिकन स्टेसन सञ्चालनको तयारी अन्तिम पुगेको छ । सञ्चालक राईका […]

‘वहुवर्षे योजना रोकिनु सरकारको विकास विरोधी चरित्र’ : कांग्रेस नेता सिटौला

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘वहुवर्षे योजना रोकिनु सरकारको विकास विरोधी चरित्र’ : कांग्रेस नेता सिटौला.

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा जानु वा नजानु महत्वपूर्ण नभएको भन्दै प्रतिपक्षमा बसेर पनि कांग्रेसका कार्यकर्ताहरूले जनताका अधिकार, आवश्यकता र विकास निर्माणका कुरालाई जोडदार ढंगले उठाउनु पर्ने औंल्याएका छन् । नेपाली काँग्रेस भद्रपुर ६ नम्बर वडाको आयोजना रहेको जिल्लास्तरीय कपर्दी प्रतियोगिताको आज उद्घाटन गर्दै सिटौलाले विगत सरकारले योजनावद्ध ढंगले सुरू गरेका वहुवर्षे […]

राष्ट्रिय हक्की प्रतियोगिताः फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेश

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय हक्की प्रतियोगिताः फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेश.

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत आज सेमीफाईनल संस्करण सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक छ प्रदेश र एक विभागीय नेपाल आर्मी टीमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरिएको छ । नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश १ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश […]

एमिटीको वार्षिकोत्सवमा विज्ञान कला प्रदर्शनी तथा खाद्य मेला

Published: in समाज by . Leave a Comment on एमिटीको वार्षिकोत्सवमा विज्ञान कला प्रदर्शनी तथा खाद्य मेला.

बिर्तामोड । बिर्तामोडको आदर्श शिशु इङ्लिस स्कुल (एमिटी एजुकेशन फाउण्डेशन)–ले आफ्नो १५औं वार्षिकोत्सवमा विज्ञान कला प्रदर्शनी, खाद्य मेला तथा सर्पदंश सम्बन्धी सचेतना लगायतका कार्यक्रम गरेको छ । विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले यसवर्ष फरक तरिकाले वार्षिकोत्सव मनाएको विद्यालयका प्रिन्सिपल सीताराम ढकालले जानकारी दिए । विगत वर्षहरुमा सांस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाइँदै आएको थियो […]

खेलकुदलाई १० कठ्ठा जग्गा दिने पूर्व एआइजी साहलाई सम्मान

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on खेलकुदलाई १० कठ्ठा जग्गा दिने पूर्व एआइजी साहलाई सम्मान.

भद्रपुर । झापाको दमकमा कवर्ड हल निर्माणका लागि जमिन प्रदान गर्ने एकजना जग्गादातालाई खेलकुद विकास समिति झापाले सम्मान गरेको छ । खेलकुद विकास समितिले मंगलबार संक्षिप्त कार्यक्रमको आयोजना गरी दमक नगरपालिका ९ निवासी जग्गादाता अमरसिंह साहलाई खादा लगाएर सम्मान गरेका हुन् । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) तथा पूर्व हक्की खेलाडीसमेत रहेका साहलाई […]