Sajhamanch Archive

मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम.

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ । महानगरपालिकाले यस चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले दश पसलले मात्र रकम पाउने भएका हुन् । सार्वजनिक सूचना प्रकाशन गरेर […]

कांग्रेसका नेता सिटौला समूहले नेविसंघमा अलग कार्यसमिति बनाउने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसका नेता सिटौला समूहले नेविसंघमा अलग कार्यसमिति बनाउने.

काठमाडौं । नेपाली कांग्रेसभित्र अलग पहिचान बनाइसकेको कृष्णप्रसाद सिटौला नेतृत्वको कान्छो समूहले नेपाल विद्यार्थी संघ नेविसंघमा अलग कार्यसमिति बनाउने संकेत गरेको छ । कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले नेविसंघमा अलग कार्यसमिति बनाउने गृहकार्य थालेको हो । सिटौलाले आफू निकटा विद्यार्थी नेताहरूलाई आफ्नै निवासमा बोलाएर नेविसंघ कब्जाको रणनीति सुनाएको स्रोतले जनाएको छ । नेविसंघमा ३२ वर्षे […]

लागुऔषधसहित पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on लागुऔषधसहित पक्राउ.

झापा । ईलाका प्रहरी कार्यलय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट छ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। सोही मोटरसाइकलमा सवार […]

काठ काटिरहेको ठाउँबाट एक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठ काटिरहेको ठाउँबाट एक पक्राउ.

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले सोमबार पक्राउ गरेको छ । वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताए। कामी कृष्णपुर ४ […]

“अझै दुई अर्ब ९४ करोड ५० लाख रुपैँया अपुग छ ” ; धुर्मुस–सुन्तली फाउण्डसन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “अझै दुई अर्ब ९४ करोड ५० लाख रुपैँया अपुग छ ” ; धुर्मुस–सुन्तली फाउण्डसन.

चितवन । धुर्मुस–सुन्तली फाउण्डसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पाँच करोड रकम संकलन भएको छ। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन्। कट्टेलका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको अभियान र व्यक्तिबाट अहिलेसम्म पाँच करोड ५० लाख रुपैँया संकलन भइसकेको छ। ‘यो सुरुवात हो, हामीले […]

आज मौसममा बद्ली रहने छ ; मौसम पूर्वानुमान महाशाखा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आज मौसममा बद्ली रहने छ ; मौसम पूर्वानुमान महाशाखा.

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो केही पहाडी भेगमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो पानी वा हिमपात पर्ने सम्भावना भने देखिएको छैन । बुधबारदेखि […]

पूर्वमन्त्री अधिकारी भेन्टिलेटरमा 

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पूर्वमन्त्री अधिकारी भेन्टिलेटरमा .

काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । लामो समयदेखि थलिएका उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उनी अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको छ । श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय […]

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जुवातास खेलिरहेको अवस्थामा पक्राउ.

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटारबाट सातजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–७ घर भएका २३ वर्षीय आशिष लामा लगायत रहेका छन्। उनीहरु अक्कलबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । जुवाडेको साथबाट नगद ३० हजार ८ सय रुपैयाँ र ५ बुक तास बरामद भएको महानगरीय प्रहरी प्रभाग गोगबुले […]

काठमाडौंमा बोक्सीको आरोपमा एक महिलालाई यातना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौंमा बोक्सीको आरोपमा एक महिलालाई यातना.

काठमाडौं । बोक्सीको आरोपमा यातना दिएको अभियोगमा प्रहरीले काठमाडौंको भीमसेनस्थानबाट एक महिलालाई पक्राउ गरेको छ। उनले माता भन्दै झारफुकको काम गर्दै आएकी थिइन्। पक्राउ पर्नेमा आफूलाई माता बताउने कविता श्रेष्ठ रहेकी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको हो। उनीमाथि प्रहरीले बोक्सी भनेको अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरेहको छ। पीडित महिलाले […]

४ लाख बराबरको आर्थिक सहयोग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ४ लाख बराबरको आर्थिक सहयोग.

गुल्मी । अपांगताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको एक संस्थलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको आशा अपांग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेले ४ लाख रुपैयाँ सहयोग गरेको हो । आशा अपांग केन्द्रको कार्यालयमा बिहिवार एक कार्यक्रमका बिच समाजका बिभिन्न प्रतिनिधीले सो रकम हस्तातरण गरेका थिए । गुल्मी जिल्ला समाज […]