Sajhamanch Archive

आज ; बस दुर्घटना हुँदा २६ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज ; बस दुर्घटना हुँदा २६ जना घाइते.

सल्यान । काठमाडौंबाट रुकुम हिंडेको बस सल्यानमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको हो । दुर्घटनास्थलमा उद्दारका लागि स्थानीयबासी, प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको श्रीनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । […]

पोखरामा प्याराग्लाइडिङ बन्द नगरिने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on पोखरामा प्याराग्लाइडिङ बन्द नगरिने.

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ […]

‘विप्लव’का दुई नेतालाई पक्राउ , राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा

Published: in विविधा by . Leave a Comment on ‘विप्लव’का दुई नेतालाई पक्राउ , राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा.

रोल्पा, २२ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्लाका दुई नेतालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ गरिएका नेता टीकाराम नेपाली र लाल बहादुर सुनारलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दासहित मंगलबार जिल्ला अदालतमा हाजिर गराएको हो । सोमबार पक्राउ परेका उनीहरुलाई १० दिन म्याद थपका लागि अदालतमा लगिएको प्रहरीले जनाएको […]

अखिल क्रान्तिकारी र युवा संघका नेताहरूमा टाउको दुखाइ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अखिल क्रान्तिकारी र युवा संघका नेताहरूमा टाउको दुखाइ.

काठमाडौं । एक वर्ष पुरानो झगडा बल्झिएर अखिल क्रान्तिकारी र युवा संघका नेताहरूमा टाउको दुखाइ शुरु भएको छ । पोहोर होलीताका फेसबुक म्यासेञ्जरमा अश्लील फोटो पठाउने विद्यार्थी नेताको टाउको अर्को होली आउन एक महिना बाँकी हुँदा फुटाइएपछि यस्तो स्थिति आएको हो । सिन्धुली घर भएकी अखिल क्रान्तिकारीकी केन्द्रीय सचिव गंगा दाहाललाई संगठनकै अर्का सचिव नारायण […]

छतबाट खसेर पुजारी तिमल्सिनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छतबाट खसेर पुजारी तिमल्सिनाको मृत्यु.

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यलयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिए । उनका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यलयको माथिल्लो तलामा पुजारीतिमल्सिना बस्दै आएका […]

चैत ३ देखि बाग्मतीबाट २२ मेगावाट विजुली

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चैत ३ देखि बाग्मतीबाट २२ मेगावाट विजुली.

काठमाडौं । मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्ने भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका ८ मा निर्माण भइरहेको बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ । काठमाडौंबाट बगेर गएको पानीलाई सदुपयोग गर्दै आयोजनाले २२ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । […]

लण्डनका तीन स्थानमा ‘पार्सल काण्ड’

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on लण्डनका तीन स्थानमा ‘पार्सल काण्ड’.

काठमाडौं । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् । हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ । प्रहरीका अनुसार विष्फोटक सामाग्रीलाई ए फोर आकारको खामभित्र राखिएको थियो । विष्फोटक पदार्थलाई खामभित्र यसरी राखिएको थियो कि खाम खोल्नासाथ […]

रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडी.

काठमाडौं । रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् । क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे । अवार्डसहित उनले ६६ हजार रुपैयाँ पाए । रोहितले माघ दोस्रो साता सचिन तेन्दुलकर र […]

अवैध ६९ हजार पाँच सय ५० अमेरिकी डलरसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अवैध ६९ हजार पाँच सय ५० अमेरिकी डलरसहित दुई जना पक्राउ.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध ६९ हजार पाँच सय ५० अमेरिकी डलरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ की सरला खड्‍का र काठमाडौं १६ की रिंकु गुरुङ रहेका छन् । सोमबार उनीहरु नेपाल एयरलाइन्समार्फत वैंकक जान लागेका थिए। प्रहरीले अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनीहरुको लगेज चेक जाँच […]

खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई पक्राउ.

काठमाडौं । खुकुरी देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर गोठालेका २१ वर्षीय बिपिन थापा र काभ्रे घर भएका २३ वर्षीय विवेक गौतम रहेका छन्। उनीहरुलाई भक्तपुर प्रहरीले मंगलबार बिहान पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी निरीक्षक शुशीलकुमार पाण्डेले जानकारी दिए। उनीहरुले भक्तपुर नगरपालिका ९ लिवालीस्थित […]