Sajhamanch Archive

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

Published: (Updated: ) in विश्व समाचार, समाज, by . Leave a Comment on भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट.

जम्मु । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ११.४५ बजे पहिलो विस्फोट भएको थियो । […]

नेपालमाथि यूएईले लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्यायो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on नेपालमाथि यूएईले लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्यायो.

काठमाडौं । यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्याएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका १३ देशमा लगाएको उडान प्रतिबन्ध आउँदो जुलाई २१ सम्मका लागि लम्ब्याएको हो । तर कार्गो, बिजनेस र चार्टर्ड उडानका लागि भने यूएईले अनुमति दिने जनाएको छ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि यूएईले […]

चीन र रुसका राष्ट्रपतिबीच सोमबार भर्चुअल माध्यमबाट वार्ता हुदैँ

Published: in विश्व समाचार by . Leave a Comment on चीन र रुसका राष्ट्रपतिबीच सोमबार भर्चुअल माध्यमबाट वार्ता हुदैँ.

काठमाण्डौ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो सोमवार वार्ता हुने भएको छ । भर्चुअल अर्थात भिडियोको माध्यमबाट उनीबीच वार्ता हुन लागेको चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन यिङलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ । विकसित देशहरुको सङ्गठन जी सेभेनमा चीनको बढ्दो प्रभाव नियन्त्रणका बारेमा छलफल भएको र रुसका राष्ट्रपति […]

अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता.

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा कम्तीमा पनि ९९ जना भग्नावशेषभित्रै बेपत्ता भएका छन् । बिहीबार अचानक उक्त भवन भत्किँदा १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य धेरै मानिस भग्नावशेषभित्र पुरिएको ठानिएको छ ।यसरी बेपत्ता रहेकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेको बिबिसीले जनाएको छ । स्थानीयहरू सेप्टेम्बर ११ सन् […]

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो.

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ । गएको २४ घण्टामा ५० हजार ८ सय ४८ जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या तीन करोड २८ हजार सात सय ९ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, भारतमा अहिलेसम्म २ करोड ८९ लाख ९४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् । यस्तै गएको […]

अफगानिस्तानमा तालिवानको आक्रमण बढ्दो

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा तालिवानको आक्रमण बढ्दो.

काठमाण्डौ । विद्रोही समूह तालिवानले हिंसात्मक घटना बढाएको भन्दै अफगानिस्तानमा संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भए पछि तालिवानले विभिन्न प्रान्त र जिल्लालाई कब्जा गर्न नियोजित तरिकाले चरणबद्ध रुपमा आक्रमण गर्न थालेको राष्ट्र संघले जनाएको छ । तालिवानले धेरै जिल्लामा कब्जा जमाएको छ । राष्ट्र संघका अनुसार गएको […]

नेपालसहित एसियाली मुलुकलाई अमेरिकाले थप एक करोड ६० लाख खोप दिने

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on नेपालसहित एसियाली मुलुकलाई अमेरिकाले थप एक करोड ६० लाख खोप दिने.

काठमाडौं । अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो । सोमबार अमेरिकाले बाँकी ५ […]

कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव र समस्या निम्तिन सक्ने डब्ल्युएओको चेतावनी

Published: in विश्व समाचार by . Leave a Comment on कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव र समस्या निम्तिन सक्ने डब्ल्युएओको चेतावनी.

काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ । धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाको थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो । डब्ल्यूएचओका मुख्य सल्लाहकार […]

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित.

दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । न्यून मतदान भएको यसपटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गरेका थिए । सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले प्रतिबन्ध लगाएको छ । साथै, उनमाथि […]

पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाए जरिवाना हुने

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार, by . Leave a Comment on पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाए जरिवाना हुने.

काठमाडौं । पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले गएको सोमबार कोकाकोलाको बोतल हटाएर पानी पिउन आग्रह गरे । उनले ‘वाटर नट अ कोकाकोला’ भन्दै पत्रकार सम्मेलनमा राखिएको बोतल हटाएका थिए । रोनाल्डोको उक्त क्रियाकलाप निकै चर्चामा रह्यो । त्यसको चर्चा सेलाउन नपाउँदै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल त्यसैगरी हटाएका थिए । उनकै सिको गर्दै […]