Sajhamanch Archive

तीन वर्षमाथिका बालबालिकालाई खोप लगाउन चीनले दियो अनुमति

Published: in विश्व समाचार by . Leave a Comment on तीन वर्षमाथिका बालबालिकालाई खोप लगाउन चीनले दियो अनुमति.

झापा । चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई लगाउन पनिअनुमति दिएको हो । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो । तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको […]

कोरोनाको उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने: डब्लुएचओ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोनाको उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने: डब्लुएचओ.

काठमाडौं । विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीले चीनलाई कोरोना भाइरसको उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने बताएका छन् । डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै पनि अधिकार नरहेको बताएका हुन् । ‘हामी आफ्ना सदस्य मुलुकबाट पूर्णरुपमा सहकार्य, निवेश र सहयोगको अपेक्षा गर्छौं’, रयानले भने । अझै पनि […]

भारतको केमिकल फ्याक्ट्रीमा आगलागी,१८ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on भारतको केमिकल फ्याक्ट्रीमा आगलागी,१८ जनाको मृत्यु.

काठमाडौं । भारतमा एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुणे सहरमा रहेको केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा सो हताहती भएको बीबीसीले जनाएको छ । आगलागी हुँदा उक्त फ्याक्ट्रीमा ३७ मजदूर काम गरिरहेका थिए । अग्नी नियन्त्रण विभागले केही मजदुर अझै पनि हराइरहेको बताएको छ । हराएकाहरुको खोजी कार्य जारी नै […]

पाकिस्तानमा रेल ठोक्किँदा २५ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा रेल ठोक्किँदा २५ जनाको मृत्यु.

काठमाण्डौ । पाकिस्तानमा दुई वटा रेल एक आपसमा ठोक्किँदा २५ जनाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल आपसमा ठोक्किएको हो । दुर्घटनामा कम्तीमा पनि ४० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । […]

निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस आज मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, समाज by . Leave a Comment on निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस आज मनाइँदै.

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस मनाइन्छ । आज विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस मनाइँदै छ । दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक पीडाहरूको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरणका कार्यक्रम गरिन्छ । […]

सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने आइएलओको अनुमान

Published: in विश्व समाचार by . Leave a Comment on सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने आइएलओको अनुमान.

काठमाण्डौ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । आइएलओले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ । यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्याङ्कमा उल्लेख छ । आइएलओका […]

नासाले शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on नासाले शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा.

 काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा तातो ग्रह मानिने शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५० ५० करोड […]

भारतमा बालबालिकालाई कोरोना खोपको परीक्षण सुरु

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा बालबालिकालाई कोरोना खोपको परीक्षण सुरु.

काठमाडौं । भारतमा बालबालिकालाई कोरोना खोपको परीक्षण सुरु भएको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो । पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारले जानकारी दिएका छन् । आगामी महिना ५२५ जना बालबालिकामा खोपको […]

संसारका विभिन्न देशमा भेटिएका भेरियन्टलाई डब्लुएचओले दियो नयाँ नाम

Published: in विश्व समाचार by . Leave a Comment on संसारका विभिन्न देशमा भेटिएका भेरियन्टलाई डब्लुएचओले दियो नयाँ नाम.

काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले संसारका विभिन्न देशमा भेटिएका कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम दिएको छ। डब्लुएचओले ग्रिक अल्फाबेटअनुसार ती भेरियन्टको नामाकरण गरेको हो। वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा उक्त देशलाई कलंक लगाएजस्तो हुने भएकाले नयाँ नाम राख्ने निर्णय भएको हो। […]

चीनमा दुई सन्तान नीतिमा फेरबदल, तीन जना सन्तान जन्माउन दिने निर्णय

Published: in विश्व समाचार by . Leave a Comment on चीनमा दुई सन्तान नीतिमा फेरबदल, तीन जना सन्तान जन्माउन दिने निर्णय.

एजेन्सी। चीन सरकारले दुई सन्तान नीतिमा फेरबदलसँगै अब तीन जना बच्चा जन्माउन दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले पछिल्लो समयमा चीनमा दुई सन्तान नीतिले जनसंख्यामा कमी भएसँगै उक्त नीतिलाई परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । उक्त नीतिलाई चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले स्वीकृति दिएका […]