Sajhamanch Archive

केही सातामा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री पठाउने : डब्ल्यूएचओ

Published: in विश्व समाचार by . Leave a Comment on केही सातामा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री पठाउने : डब्ल्यूएचओ.

काठमाडौं । कोभिड–१९ को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, […]

चीनमा भएको एउटा दौडमा २१ जना धावकको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on चीनमा भएको एउटा दौडमा २१ जना धावकको मृत्यु.

काठमाण्डौ । चीनमा एउटा दौडमा सहभागी भएकामध्ये २१ जना धावकको ज्यान गएको छ । पश्चिम उत्तर चीनको पहाडी भेगमा पर्ने रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र गतिको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएपछि उनीको ज्यान गएको बीबीसीले जनाएको छ । सय किलोमिटर दूरी भएको दौडमा एक सय ७२ धावक सहभागी थिए । हिजो भएको दौडमा […]

भारतमा फेरि अर्को आँधीको चेतावनी

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा फेरि अर्को आँधीको चेतावनी.

काठमाण्डौ । भारतमा फेरि अर्को आँधीको चेतावनी जारी भएको छ । अरब सागरमा उत्पन्न भएको ताउ–तो चक्रवातको प्रभाव झेलेको केही दिनमै यास नामको चक्रवात उत्पन्न भएको भारतको मौसम विभागले जनाएको छ । बङ्गालको खाँडीमा उत्पन्न हुने चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिसा राज्यमा प्रभाव पार्ने राष्ट्रिय विपद् व्यवस्थापन विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । […]

भारतमा २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९५ हजार ५२५ पुगेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार २९९ जनामा कोरोना संक्रमण दखिएको छ । भारतमा हालसम्म २ करोड […]

इजिप्टको प्रस्तावमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

Published: in विश्व समाचार by . Leave a Comment on इजिप्टको प्रस्तावमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम.

aकाठमाण्डौ । ११ दिनपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार बिहान २ बजे अर्थात आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ । इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने बताइएको छ । प्यालेस्टाइनले केही […]

चक्रवातका कारण भारतमा ३३ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on चक्रवातका कारण भारतमा ३३ जनाको मृत्यु.

काठमाण्डौ । अरब सागरमा उत्पन्न भएको ताउ–ते चक्रवातका कारण भारतमा ३३ जनाको ज्यान गएको छ । गुजरात, केरला, गोवा, महाराष्ट्र, मुम्बइ लगायतका राज्यहरुमा प्रभाव पारेको चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेका बीबीसी हिन्दीले जनाएको छ । मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा उनीहरु हराएका हुन् । बेपत्ता […]

थप दुई करोड डोज खोप पठाउने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on थप दुई करोड डोज खोप पठाउने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा.

वासिङटन । कोरोना महामारीसँग लडिरहेका मुलुकहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले थप दुई करोड डोज खोप पठाउने घोषणा गरेका छन् । जुनको अन्त्यसम्ममा त्यति मात्रामा खोपहरु बाहिर पठाउने उनले बताएका हुन् । उनले भनेका छन्, “ती सबै खोपहरु अमेरिकीलाई लगाउन स्वीकृत गरिएको थियो र आगामी जुनसम्म हामीले सबै अमेरिकी नागरिकलाई सुरक्षित राख्न पर्याप्त खोप डेलिभरि गरिसकेका […]

हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्कियो: इजरायली प्रधानमन्त्री नेतान्याहु

Published: in विश्व समाचार by . Leave a Comment on हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्कियो: इजरायली प्रधानमन्त्री नेतान्याहु.

काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुको कारबाहीबाट प्यालेस्टाइनको सुन्नी इस्लामिक कट्टरपन्थी समूह हमासमा ठूलो क्षति भएको बताएका छन् । प्रधानमन्त्री नेतान्याहूले नौ दिनसम्म गरेको कारबाहीबाट आतंककारी समूहमा क्षति भएको र अब हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्किएको बताएको बीबीसीले जनाएको छ । इजरालयले गाजामा हमासमाथिको कारबाही जारी राखेको छ भने हिजो प्यालेस्टाइनको रकेट प्रहारबाट इजरायलमा […]

नेपालमा रोकिएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on नेपालमा रोकिएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदै.

काठमाडौं । निषेधाज्ञा अगाडि काठमाडौं आएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदैछ । सरकारले भारतीय नागरिकलाई साउदी अरब लैजान १० वटा चार्टर्ड उडानको अनुमति दिएपछि आजदेखि उनीहरु साउदी जाँदै छन् । उनीहरुलाई साउदी अरबको दमाम र रियाद लैजान नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ वटा चार्टर्ड उडानको अनुमति दिएको छ । सरकारको सोही निर्णय अनुसार […]

गरिब देशलाई खोप उपलब्ध गराउन विश्व स्वास्थ्य डब्लुएचओको आग्रह

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on गरिब देशलाई खोप उपलब्ध गराउन विश्व स्वास्थ्य डब्लुएचओको आग्रह.

काठमाडौं । गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धनी देशहरुसँग आग्रह गरेका छन् । केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला डब्लुएचओले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन् । पछिल्लो समयमा फ्रान्स र स्वीडेनले कोभ्याक्सलाई खोप उपलब्ध गराएको बताउँदै […]