Sajhamanch Archive

म्यानमारमा सुरक्षाकर्मीबाट कम्तीमा ५१ जना बालबालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, समाज, by . Leave a Comment on म्यानमारमा सुरक्षाकर्मीबाट कम्तीमा ५१ जना बालबालिकाको मृत्यु.

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरुको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो । आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीले गरेको आक्रमणका क्रममा उनीहरूको ज्यान गएको राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले बताएका छन् । गएको फेब्रुअरी १ देखि अहिलेसम्म म्यानमारमा आन्दोलनका क्रममा […]

भारतमा एकैदिन दुई लाख जनामा कोरोना सङ्क्रमण पुष्टि

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन दुई लाख जनामा कोरोना सङ्क्रमण पुष्टि.

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएको छ । गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ […]

म्यान्मार सेनाको गोलीबाट नेपालीभाषी दम्पतीको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, समाज, by . Leave a Comment on म्यान्मार सेनाको गोलीबाट नेपालीभाषी दम्पतीको मृत्यु.

काँकडभिट्टा । म्यान्मार सेनाको गोलीबाट मंगलबार नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो । गौतम दम्पती नजिकैको गोठबाट घर फर्किंदै थिए । म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहरको नाम हो टमु । यो सानो […]

भारतमा १ लाख ६० हजार कोरोना संक्रमित फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा १ लाख ६० हजार कोरोना संक्रमित फेला.

काठमाडौं । भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् । भारतमा […]

प्रहरीको गोली प्रहारबाट अमेरिकामा अश्वेत नागरिकको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on प्रहरीको गोली प्रहारबाट अमेरिकामा अश्वेत नागरिकको मृत्यु.

काठमाडौं । अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको ज्यान गएको छ । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय […]

आङ सान सुचीमाथि ६ ओटा नयाँ आरोप

Published: in मिडियाबाट साभार, राजनीति, विश्व समाचार, by . Leave a Comment on आङ सान सुचीमाथि ६ ओटा नयाँ आरोप.

काठमाडौँ । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुचीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सोले एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत […]

भारतमा एकैदिन १ लाख ६८ हजार संक्रमित फेला, आईसीयू र भेन्टिलेटरको अभाव

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन १ लाख ६८ हजार संक्रमित फेला, आईसीयू र भेन्टिलेटरको अभाव.

काठमाडौं । भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड […]

भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख […]

उत्तर कोरियामा खाद्य सङ्कट आउन सक्ने : नेता किम

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on उत्तर कोरियामा खाद्य सङ्कट आउन सक्ने : नेता किम.

 काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो सङ्कटका लागि तयार रहन आग्रह गरेका छन् । नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गरेका छन् । उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात निर्यात ठप्प […]

भारतमा २४ घन्टामै थपिए १ लाख २६ हजार संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा २४ घन्टामै थपिए १ लाख २६ हजार संक्रमित.

काठमाडौं । छिमेकी मुलुक भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ। त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ। बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्। पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो […]