Sajhamanch Archive

म्यानमारको सैनिक कदम अमानवीय र निन्दनीय : नेपाली कांग्रेस

Published: in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on म्यानमारको सैनिक कदम अमानवीय र निन्दनीय : नेपाली कांग्रेस.

काठमाडौं । म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा दमन भएकामा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आइतबार कांगेस्र प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै यसलाई अमानवीय र निन्दनीय भनेको छ । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा ४ जना बालबालिकासहित ११४ जनाको मृत्यु भएको […]

जापानमा ५.८ म्याग्नीच्यूडको भूकम्प

Published: in विश्व समाचार by . Leave a Comment on जापानमा ५.८ म्याग्नीच्यूडको भूकम्प.

टोकियो । जापानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराइमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९.२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन । गत साता पनि उत्तरपूर्वी […]

इन्डोनेशियामा आत्मघाती बम हमला, १४ घाइते

Published: in विश्व समाचार by . Leave a Comment on इन्डोनेशियामा आत्मघाती बम हमला, १४ घाइते.

काठमाडौं । इन्डोनेशियाको एक चर्चबाहिर आत्मघाती बम हमला हुँदा १४ जना घाइते भएका छन् । आज आइतबार इस्टर सप्ताहको पहिलो दिन मकसार शहरमा रहेको उक्त क्याथोलिक चर्चमा आत्मघाती बम हमला भएको यहाँको प्रहरीले जनाएको छ । चर्चका पादरी विल्हेमस तुलकका अनुसार एक संदिग्ध आक्रमणकारीले मोटरसाइकल चर्चमा छिराउन लागेको थियो । तर उसलाई सुरक्षाकर्मीले प्रवेश गर्नबाट […]

खोप दान सुरु गर्न बेलायतलाई दातृसंस्थाको आग्रह

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on खोप दान सुरु गर्न बेलायतलाई दातृसंस्थाको आग्रह.

लन्डन । अन्तर्राष्ट्रिय दातृनिकायहरुले बेलायतले दान गर्ने भनिएको खोपको संख्या यकिन गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग आग्रह गरेका छन् । सेभ द चिल्ड्रेन र वेलकम ट्रस्ट नामक दुई दातृसंस्थाले कोभ्याक्समार्फत खोप दिने कार्य शीघ्र सुरु गर्न जोनसनसँग आग्रह गरेका हुन् । प्रधानमन्त्री जोनसनले बेलायतमा लगाएर बाँकी रहने खोपको ठूलो हिस्सा गरिब राष्ट्रहरुमा बाँड्ने घोषणा गरेका […]

२० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on २० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा.

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताएका छन् । अमेरिकामा कोरोेना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गरेका छन् । बाइडेनले भने, आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु । हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा […]

भारतबाट स्वदेश फर्कनेको ट्राभल हिस्ट्री खोजिँदै, ज्वरो देखिए क्वारेन्टिन

Published: in विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भारतबाट स्वदेश फर्कनेको ट्राभल हिस्ट्री खोजिँदै, ज्वरो देखिए क्वारेन्टिन.

काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतसँग खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको हो । नेपाल–भारत सीमामा दैनिक हजारौँको आवत–जावत हुँदै आएको छ । पछिल्लो समय होली पर्व मनाउनका लागि भारतबाट फर्कनेहरुको चाप बढेको छ । भारतसँग सीमा […]

नयाँदिल्लीमा सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक

Published: in विश्व समाचार, समाज by . Leave a Comment on नयाँदिल्लीमा सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक.

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक लगाइएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण डीडीएमएले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा होली, नवरात्रि लगायतका चाडपर्व मनाउन रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा […]

जर्मनीमा थप एक महिना लकडाउन

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on जर्मनीमा थप एक महिना लकडाउन.

काठमाडौं । जर्मनीले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको प्रतिबन्ध अप्रिल १८ सम्म लम्ब्याउने भएको छ । इस्टर पर्वलाई लक्षित गरी लगाइएको प्रतिबन्ध पर्वको समयमा थप कडाई गरिने चान्सलर एन्जेला मर्केलले जनाएकी छिन् । अप्रिल १–५ तारिखसम्म कडा प्रतिबन्धका साथ लकडाउन गर्न अधिकारीहरु सहमत भएका अलजजिराले जनाएको छ । बेलायतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जर्मनीको सीमा […]

आज विश्व मौसम दिवस मनाइँदै

Published: in विश्व समाचार, समाज by . Leave a Comment on आज विश्व मौसम दिवस मनाइँदै.

काठमाडौं । ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ आज विश्व मौसम दिवस मनाइँदै छ । मौसम दिवस सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको हो । दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे जानकारी गराउन कार्यक्रम हुँदैछन् । जल तथा मौसम विज्ञान विभागले समुद्र, जलवायु र मौसमको अन्तरसम्बन्धबारे कार्यक्रममा जानकारी प्रस्तुत गर्ने जनाएको […]

भारतमा कोरोना संक्रमितको संख्या बढ्यो, मध्य प्रदेशका तीन सहर लकडाउन

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमितको संख्या बढ्यो, मध्य प्रदेशका तीन सहर लकडाउन.

नयाँदिल्ली । भारतमा एक दिनमा कोरोनाभाइरस संक्रमित हुनेको संख्याले रेकर्ड कायम गरेपछि मध्य प्रदेशको जबलपुर सहर लकडाउन गरिएको छ । शनिबार झन्डै ४१ हजारमा संक्रमण पुष्टि भएपछि जबलपुर सहर आज पूर्ण लकडाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को निर्णय नभएसम्म प्रत्येक आइतबार जबलपुर, भोपाल र इन्दौर सहर लकडाउन गरिने मध्य प्रदेश सरकारले निर्णय गरेको […]