Sajhamanch Archive

कोरोनाको सन्त्रासमा रेडियोकर्मीहरु झन् जिम्मेवार हुनुपर्ने

Published: in विचार/ब्लग, by . Leave a Comment on कोरोनाको सन्त्रासमा रेडियोकर्मीहरु झन् जिम्मेवार हुनुपर्ने.

नेपाललगायत विश्वका २१० वटा मुलुक कोभिड १९ कोरोना भाईरसबाट ग्रसित छन् । कोभिड १९ को महामारीले विश्वका शक्तिशाली मानिएका र भनिएका देशहरु भयभित छन् । विश्वका शक्तिशाली देश आफ्ना नागरिकलाई कसरी यो महामारीबाट जोगाउने र कमभन्दा कम क्षति होस् भनेर योजना बनाइरहेका छन् । विश्वका अधिकांश देशहरु स्वास्थ्य संकट र लकडाउनको अवस्थामा छन् । अधिकांश […]

कोभिड–१९, शिक्षा र प्रविधि

Published: in विचार/ब्लग, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभिड–१९, शिक्षा र प्रविधि.

कोभिड–१९ को कहरबाट सारा विश्वनै आक्रान्त छ । प्रत्यक्ष वा अप्रत्यक्षरूपमा यसको प्रभावबाट सायदै कोही बन्चित होला । म एक रेसिडेन्ट चिकित्सक, कसरी अछुतो रहन सक्छु । बिरामी जाँच्दाको त्रासदेखि आफ्नो पढाइमा आएको उथलपुथलले दैनिकी कठिन बनेको छ । बेलामौकामा अनलाइन कक्षामा भने उपस्थित हुँदैछुु। तर जतिपटक म मेरो कम्प्युटरको अगाडि बस्छु, मेरो दिमागमा एउटा […]

लकडाउनमा विद्यार्थीः कोही प्रतिभा तिखार्दै, कोही डर, त्रास र अन्यौलमै

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on लकडाउनमा विद्यार्थीः कोही प्रतिभा तिखार्दै, कोही डर, त्रास र अन्यौलमै.

झापा । नोवल कोरोना भाइरस (कोभिड–१९ं)का कारण यतिबेला विश्व आक्रान्त बनेको छ । विश्व अर्थतन्त्रमा पनि ठूलो झट्का लागेको छ । आक्रान्त बनेका मुलुकहरु आत्मनिर्भर र प्रविधिमैत्री हँदाहुँदै पनि विकराल अवस्थालाई साम्य पार्न धौ–धौ परिरहेको छ । यस्तो विकराल अवस्थामा नेपाल पनि अछुतो रहेन, छैन । नेपालमा पनि कोरोनाबाट सङ्क्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै […]

स्टेजबाट मेरो भाषण

Published: in लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on स्टेजबाट मेरो भाषण.

सभापति महोदय, मञ्चमा आसिन प्रमुख अतिथि तथा विशिष्ट महानुभावहरू। यस कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय समुदाय । सबैमा नमस्कारसहित अभिवादन । मेरो भाषण कहाँबाट सुरू गरौँ ? आजको विषयमा केन्द्रित रहेर बोलौँ कि, मेरो निजी विचारमा केन्द्रित रहेर बोलौँ । मैले जानेको विषयमा बोलौँ कि नजानेको भए पनि गतिलै कुरामा बोलेर बाठो हुने प्रयास गरौँ । […]

कोरोनाको कहरमा बजार अनुगमन र सजायको सवाल

Published: in अर्थतन्त्र, विचार/ब्लग, समाज by . Leave a Comment on कोरोनाको कहरमा बजार अनुगमन र सजायको सवाल.

कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त छ । यसका कारण अर्थव्यवस्थामा ठूलो असर देखिने निश्चितप्रायः पनि छ । दैनिक उपभोग्य वस्तु बाहेकको कारोबार शून्य छ । दैनिक उपभोग्य वस्तुको समेत माग र आपूर्तीको सन्तुलन नमिलेका कारण बजार अस्थिर छ । उद्योगहरुले कच्चा पदार्थको अभाव र सिमित जनशक्तिबीच सञ्चालन हुनुपर्ने बाध्यताका कारण माग र आपूर्तीमा सन्तुलन मिलाउन […]

वामदेवको कानमा चिनी

Published: in मिडियाबाट साभार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on वामदेवको कानमा चिनी.

नेपालको राजनीतिमा बेला कुबेलामा चर्चामा आउने नाम हो, वामदेव गौतम । कुनै ज्यातिषले उनको चिना हेरेपछि ‘तपाइँको प्रधानमन्त्री बन्ने योग छ’ भनेर भनेपछि तिनै ज्योतिषको कुरा पत्याएर उनले प्रधानमन्त्री हुने सपना देखेका छन् । नभन्दै, गत बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले वामदेवलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेपछि गौतम ज्योतिषले भनेको कुरा साँचो […]

कोभिड–१९ प्रलय जत्तिकै भयावह छ

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on कोभिड–१९ प्रलय जत्तिकै भयावह छ.

मौन बसेको निकै भएछ। केही लेखौं बोलौं जस्तो लाग्यो । अहिले विज्ञ र विश्लेशकहरूको मात्र बोली बिक्ने समय छ। हाम्रा होचा आवाजहरू कसले सुन्ला र ? तर पनि चन्चलता रोक्न सकिन। कोभिड–१९ को महामारी चलिरहेछ। दुनियाँमा सत्ता र ब्यापारका दाउपेचहरू सक्रिय छन् । घरमा, शहरमा आगो लाग्दा पनि मुरली बजाएर बस्ने ‘निरोहरू’ मरिसकेका छैनन् । […]

स्वास्थ्य बीमाबाट सेवा नदिने अस्पतालको दर्ता खारेज गर

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, स्वास्थ्य, by . Leave a Comment on स्वास्थ्य बीमाबाट सेवा नदिने अस्पतालको दर्ता खारेज गर.

देश अहिले लकडाउनमा छ । मानवीय आवश्यकता जति भए पनि परिस्थिति अनुसार वर्तमान अवस्था सहज बनाउन राज्य र जनता एकजुट भएर सामना गरिहरेका छन् । एकमहिना लामो लकडाउनले अर्थतन्त्र धरासायी बन्दै गएको छ । यो असहज परिस्थितिमा राज्यका हरेक निकाय सकृय भएर काम गर्नुपर्ने समय हो । सरकारले अत्यावश्यक बस्तुको बिक्री वितरण र संचालनमा कुनै […]

कोरोना कहरको सामना गर्न तयार हौं

Published: in विचार/ब्लग, समाज, by . Leave a Comment on कोरोना कहरको सामना गर्न तयार हौं.

कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वाभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ र ? अहिलेसम्म छिमेकी मुलुक भारत, पाकिस्तान, बंगालादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्योहोर्नु परेको छैन । युरोप, अमेरिका र अरु विश्वको त तुलना नै नगरौं अहिलेलाई । तर भविष्यमा के होला यसै भन्न सकिन्न । छिमेकी […]

श्रमिक बाँचे श्रम बाँच्नेछ अनि यसैबाट राजनीति मौलाउनेछ

Published: in विचार/ब्लग, by . Leave a Comment on श्रमिक बाँचे श्रम बाँच्नेछ अनि यसैबाट राजनीति मौलाउनेछ.

देश लकडाउनमा छ । सबैलाई घरमा बस्न आग्रह गरिएको छ।श्रमिकहरुलाई खान समस्या भए स्थानीय सरकारले विभिन्न माध्यमबाट राहत वितरण पनि गर्दैछ । आज झापामा झमझम पानी पर्दैछ । तर त्यो पानीको कुनै परवाह नगरी चिया मजदुरहरु छाता र प्लास्टिकबाट बनेको रेनकोट ओडेर चिया टिप्दैछन । यो दृश्यले जो कोहीलाई पनि भाबुक बनाउँछ । श्रमिकहरु चिया […]