काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आगामी बजेटमा हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गरेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले झारा टार्ने, हेलचेक्राई र गैर जिम्मेवार तरिकाले राजश्व वृद्धिको अनुमान गरेको बताएका हुन्। सरकारले यसरी हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्ने भए अर्थ मन्त्रालयका […]
काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि हुँदा १९३२.३३ अंकको विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएपनि लघुवित्त, हाइड्रेपावर उत्पादनमूलक लगायतका उपसूचक बढ्दा […]
काठमाडौं । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी बजेटमा करको दर हेरफेरको विवाद तत्कालका लागि टरेको छ । प्रतिपक्षी तीन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसदमा यो विषय उठाएका थिए । तर, अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिएपछि उनीहरुले चित्त बुझाएका छन् । सोमबार संसदमा विनियोजन विधेयक (बजेट)माथि छलफल सुरु भएकै […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ । उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना किसान कृषि सहकारी संस्था खुदुनाबारीको सहकार्यमा किसानलाई अनुदानमा विभिन्न जातको धानको बिउ वितरण गरिएको हो । साना किसान कृषि सहकारी […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर बढाइएका विद्युतीय गाडी ‘सेटिङ’ ले गर्दा बजेट भाषण अघिनै आएको बताएका छन्। ‘११ सय गाडीमा बहुत नयाँ क्यालकुलेटर चलेको छ। त्यहाँ आर्टिफेसियल इन्टेलिजेन्सले काम गरेको छैन। त्यहाँ सेटिङले काम गरेको छ’, उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा भने। बजेटमा यस्ता गाडीहरुको कर बढ्दै छ भन्ने […]
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई राखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले आर्थिक विधेयक टाइप गर्नका लागि पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई राखिएको बताएका हुन्। उनले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको बताए। महतले भने, ‘निर्णय प्रक्रियामा उहाँ […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग अगाडि सारेका छन् । अन्यथा सदनको कामकारबाही चल्न नदिने दुवै पार्टीको अडान छ । ‘बजेटमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठ्नु गम्भीर विषय हो । यसबारे संसदीय […]
झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल गरिएको हो । मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा मोवाइल डिलर एशोसिएसन, कोशी प्रदेशका अध्यक्ष हरि उप्रेतीको प्रमुख आतिथ्यमा […]
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । १५ जेठमा आएको बजेटपछि लगातार उतारचढाव देखिएको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको गिरावट भएर बन्द भएको हो । सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो […]
इलाम । इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ । मन्दिरमा उठेको भेटीको हिसाब–किताब छानबिन गर्न प्रशासनमा पत्राचार गरिएकामा प्रशासनले मन्दिरको पुरानो पाथीभरा संरक्षण संस्था र पालिकाले गठन गरेको समितिबीच ‘छलफल’ चलाउने तयारी गरेपछि गाउँपालिका रुष्ट बनेको हो । पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले […]