Sajhamanch Archive

एक वर्ष पनि टिकेन रेल्वे बोर्ड, अधिकारसम्पन्न बन्दै रेल विभाग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on एक वर्ष पनि टिकेन रेल्वे बोर्ड, अधिकारसम्पन्न बन्दै रेल विभाग.

काठमाडौं । खर्च कटौतीको दबाबमा रहेको सरकारले रेलको मामिला हेर्न थप अड्डा नचाहिने निष्कर्षसहित ‘रेल्वे बोर्ड’ खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमार्फत सरकारले २० वटा सरकारी संस्था खारेज गर्न प्रस्ताव गरेकोमा रेल्वे बोर्ड पनि सूचीमा परेको छ । स्थापनादेखि नै रेल्वे बोर्डको औचित्यमाथि प्रश्न उठेको थियो । रेल हेर्ने […]

नेपाल र भारतबीच डिजिटल पेमेन्ट सम्झौता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपाल र भारतबीच डिजिटल पेमेन्ट सम्झौता.

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन्। आईतवार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसिएचएल) र […]

नेप्से ५३ अंकले बढ्यो, २१७ कम्पनीको सेयरमूल्यमा वृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से ५३ अंकले बढ्यो, २१७ कम्पनीको सेयरमूल्यमा वृद्धि.

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने २.८४ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ३ वर्षको आय विवरण पेश गरी कर दाखिला गर्नुपर्ने उल्लेख थियो । पूँजीगत लाभकर नै अन्तिम […]

लगानीकर्ताले गराए टीएमएस बन्द, शेयर कारोबार प्रभावित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on लगानीकर्ताले गराए टीएमएस बन्द, शेयर कारोबार प्रभावित.

काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि शेयर कारोबार प्रभावित भएको छ । आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालय बन्द गरेका हुन् । ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् […]

गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार !.

भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप […]

नेपालमा व्यक्तिगत आयकर दक्षिण एशियामै धेरै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेपालमा व्यक्तिगत आयकर दक्षिण एशियामै धेरै.

काठमाडौं । कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर नेपालमा यसअघि नै दक्षिणएशियामै धेरै थियो । आगामी आर्थिक वर्षको बजेटबाट सरकारले त्यसमा पुनः थप गरेको छ ।यसअघि आयकरको अधिकतम दर ३० प्रतिशत र २० लाखभन्दा बढी आय भएकालाई थप २० प्रतिशत सरचार्ज लाग्दै आएको थियो । यसरी कुल ३६ प्रतिशत आयकर लाग्दै आएको थियो । सरकारले […]

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले मुद्रा सटहीमा तीन प्रतिशत कर तिर्नु पर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले मुद्रा सटहीमा तीन प्रतिशत कर तिर्नु पर्ने.

काठमाडौँ । संविधानले नै शिक्षालाई मौलिक हकमा राखेको छ। विद्यालय तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउने सरकारी नीति नै छ। तर सोहि क्षेत्रका उच्च शिक्षा विदेशमा हासिल गर्न चाहने विद्यार्थीलाई भने सरकारले कर लगाएको छ। अबदेखि विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले विदेशी मुद्रा सटही गर्दा तीन प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्ने ब्यवस्था सरकारले […]

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर.

काठमाडौं । स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै एकरएक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले […]

आधारभूत अस्पताल भवन त बन्ला, जनशक्तिका लागि बजेट खै ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on आधारभूत अस्पताल भवन त बन्ला, जनशक्तिका लागि बजेट खै ?.

काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले सोमबार संसदमा स्वास्थ्य क्षेत्रको बजेटको लामो फेहरिस्त सुनाए । बहुसंख्यक जनताले सेवा प्राप्त गर्न सक्ने गरी पायक स्थानमा आधारभूत अस्पताल निर्माण र सञ्चालनलाई प्राथमिकता दिने बताए । ३२२ स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ शय्याका अस्पताल निर्माणका लागि ८ अर्ब छुट्याएको छ । यसमध्ये आगामी आवमा निर्माण सम्पन्न […]

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची.

काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर आएको छ । नेपाल आयल निगमलाई आज बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने […]