काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहेको दाबी गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले विदेशी विनिमय सञ्चिति, मुद्रास्थिति नियन्त्रित अवस्था, आयात निर्यातका सूचक सकारात्मक रहेको बताए । राजस्व संकलनको स्थिति सकारात्मक र रेमिट्यान्सको वृद्धि हुँदा आर्थिक वृद्धिदरबाहेक […]
काठमाडौं । सरकारले अब नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठ (जुन १) बाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक […]
विराटनगर । प्रदेश १ सरकारले प्रदेशसभाको बजेट अधिवेशन बोलाउन ढिलाइ गर्दा अन्यौल बढेको छ । बजेट पेश हुनु १५ दिनअघि नै प्रि–बजेट छलफल गराइसक्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री शेरधन राईले महामारीको कारण देखाउँदै प्रदेशसभाको बजेट अधिवेशन बोलाउन आनाकानी गरेका छन् । अघिल्लो वर्ष जेठ १३ गतेबाट बजेट अधिवेशन प्रारम्भ भएको थियो भने १६ गते सरकारको […]
काठमाडौँ । संसद् नै नरहेपछि बाध्यात्मक अवस्था नभएकाले जेठ १५ मा अध्यादेशबाट बजेट ल्याउन नहुने धारणा आइरहेका बेला पाँच खर्ब रुपैयाँभन्दा बढी ऋण लिने गरी बजेटको गृहकार्य जारी छ । आगामी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी गरी बजेट ल्याउने अन्तिम गृहकार्यमा अर्थ मन्त्रालय जुटिरहेको छ । ‘जसमा राष्ट्रिय योजना आयोगले दिएको सीमा (सिलिङ) १६ खर्ब ९७ […]
काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेशसमेत जारी गरिसकेको छ । पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन सकिरहेको छैन । आठ महिनादेखि पालभित्रै थन्कियो […]
विराटनगर । प्रदेश १ मा बजेट अधिवेशन आह्वान गरेर पूर्व बजेट छलफल गराउन विपक्षी दलको माग गरेका छन् । प्रदेशका विपक्षी चार दलहरूले नीति तथा कार्यक्रम ल्याएर संसद्बाटै बजेट ल्याउन माग गरेका हुन् । अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको भन्दै विपक्षी दलले सरकारको विरोध गरेका छन्। चार दलहरूबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका […]
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेका ऋणीलाई कुनै पनि प्रकारको थप शुल्क, जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन पनि निर्देशन दिएको छ […]
काठमाडौं । लगातार आइतबार र सोमबार बढेको सेयर बजारमा मंगलबार भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको हो । ‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ […]
काठमाण्डौ । स्वास्थ्य सामग्री खरिद गर्न सरकारले थप १२ अस्पतालमा रकम निकासा गरेको छ । कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न रकम निकासा गरेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्याङ्क, एचडीयू जडान र पीसीआर मेसिन खरिद लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको हो […]
काठमाण्डौ । आर्थिक वर्षको १० महिनामा बितिसक्दा पनि झन्डै साढे ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको छ । साउनदेखि वैशाख महिनासम्म नेपालले १३ खर्ब ६२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेकोमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने जम्मा एक खर्ब आठ अर्ब रुपैयाँको भएको छ । वैदेशिक व्यापार […]